१५ असार २०८३, सोमबार | June 29, 2026

बढ्दै मानसिक समस्या



काठमाडौं । नेपालमा कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य सर्वेक्षण २०७७ को अनुसार देशको कुल जनसङ्ख्याको चार प्रतिशतमा मानसिक समस्या रहेको पाइएको हो ।

तथ्याङ्कअनुसार ११ लाख जनता मानसिक समस्याको शिकार भएका छन् । यस्तै थप १३ देखि १७ वर्ष उमेरका ५ दशमलव २ प्रतिशत किशोरकिशोरीले हालको अवस्थामा मानसिक स्वास्थ्य समस्या भोगिरहेका छन् ।

यसको परिणामस्वरूप ६ दशमलव ५ प्रतिशत वयस्कले तत्कालीन अवस्थामा आत्महत्याको सोच रहेको अनुभव गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले कोरोना महामारीमा समेत मानसिक स्वास्थ्य समस्या झनै विकराल बनेको बताए ।

उनले कोरोनाकालमा मानसिक स्वास्थ्यको अवस्था झनै जटिल बन्दै गएको भन्दै सङ्क्रमणको त्रास उत्पन्न सामाजिक, आर्थिक र शैक्षिक असमानता बढेको बताए ।

नेपाल प्रहरीको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा हरेक दिन औसत २० जना व्यक्तिले आत्महत्या गरेका छन् । विगतका वर्षभन्दा यो १३ दशमलव ७ प्रतिशतले बढी हो । मन्त्रालयका अनुसार सरकारले यस वर्ष देशभरका १३ सरकारी अस्पतालमा १० प्रतिशतदरले कुल १३० प्रतिशत मानसिक स्वास्थ्यका लागि छुट्याएको छ ।

हरेक वर्ष १० अक्टोबरका दिन विश्व मानसिक स्वास्थ्य दिवस मनाइन्छ । यो वर्ष ‘असमान विश्वमा मानसिक स्वास्थ्य’ भन्ने नाराका साथ विश्वभर मनाइँदैछ । नेपालमा पनि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नेतृत्वमा सङ्घ, प्रदेश तथा स्थानीय तहमा विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय अभियानकै रूपमा मनाइयो ।

विश्व मानसिक दिवसका अवसरमा मानसिक एवं मनोसामाजिक सुस्वास्थ्यको राष्ट्रिय अभियान नेपालसहित विभिन्न संस्थाको संयुक्त आयोजनामा भएको कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङले मानसिक स्वास्थ्यका विषयलाई प्राथमिकता दिनुपर्ने बताए ।

उनले मानसिक समस्याले आत्महत्या जस्ता समस्या बढाएको भन्दै यसलाई रोक्नुपर्नेमा जोड दिए । त्रिवि शिक्षण अस्पतालका मानसिक स्वास्थ्य विभाग प्रमुख प्रा.डा. सरोजप्रसाद ओझाले मानसिक स्वास्थ्यका मुद्दा अझै पनि सम्बोधन हुन नसकेको बताए । आजको गोरखापत्र दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : २५ आश्विन २०७८, सोमबार  ७ : २० बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै