५ कार्तिक २०८३, बिहिबार | October 23, 2026

रामग्राममा राहतका लागि राखिएको चामल न्यून गुणस्तरको, मिल संचालकलाई ठगी मुद्दा



बुटवल । नवलपरासीको रामग्राम नगरपालिकाबाट राहतका रुपमा वितरण गरिएको चामल न्यून गुणस्तरको रहेको पाईएको छ ।

सो नगरपालिकामा वितरण गरिएको राहत चामल गुणस्तरहीन भएको जनगुनासो आएपछि गरिएको ल्याव परीक्षणमा चामल न्यून गुणस्तरको भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले जनाएको छ । स्थानीय राजेश राईस मिल रामग्राम ६ पोखरापालीबाट उत्पादन गरिएको चामल नगरपालिकाको परिषरमा राहत वितरण गर्ने भनि राखिएको थियो ।

सोही चामलको नमुना प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको साथै खाद्य ऐनको समेत उलंघन गरेको पाईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख विमल कुमार दहालले जानकारी दिनुभयो । उहाँका अनुसार राहतका लागि भनि वितरण गर्न राखिएको चामल न्यून गुणस्तरको भएको गुनासो सँगै कार्यालयमा उजुरी परेको थियो ।

सो उजुरीका आधारमा कार्यालयका खाद्य निरीक्षक पदमराज भुषालको नेतृत्वमा रहेको टोलीले चामलको नमुना परीक्षण गरेको थियो । परीक्षणका क्रममा उक्त चामल न्यून गुणस्तरको रहेको र मिलले खाद्य ऐनको समेत उलंघन गरेको पाइएको थियो ।

ऐन उलंघन गरिएको कसुरमा राजेश राईस मिलका संचालक पटवारी बनिया उपर खाद्य ऐन २०२३ दफा ३ उपदफा २ वमोजिम कार्वाहीका लागि जिल्ला प्रशाशन कार्यालय नवलपरासीमा र न्यून गुणस्तरको कमशल चामल विक्रि गरेकोमा खाद्य ऐन ०२३ दफा ५ को उपदफा १ बमोजिम कार्वाहीका लागि जिल्ला अदालत परासीमा मुद्दा दायर गरिएको कार्यालय प्रमुख विमल कुमार दहालले जानकारी दिनुभयो ।

चामलको नुमना १० केजी र १५ केजीका दुई शिलवन्दी प्याकेटबाट गरिएको समेत दहालले बताउनुभयो । मिल संचालक वनिया उपर आईतबार मुद्दा दर्ता गरिएको हो ।

प्रकाशित मिति : १५ बैशाख २०७७, सोमबार  १० : ४६ बजे

चीनको सिजाङ स्वायत्त क्षेत्रमा ७.० म्याग्निच्युडको भूकम्प

चीन । चीनको सिजाङ स्वायत्त क्षेत्रमा भूकम्पको धक्का महसुस भएको

हानिनोक्सानी कोषबाट नेपाललाई २० मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

पुनःनिर्माणमा बजेटको कमी हुँदैन : मन्त्री लम्साल

म्याग्दी । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले मनसुनजन्य विपद्बाट क्षतिग्रस्त कालीगण्डकी

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका पूर्वकेन्द्रीय सल्लाहकार परिषद्

मौसमविद् भन्छन् – एकसाता दिनपछि वर्षा हुन सक्छ तर त्रसित नबनौं

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही