१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

सवारी दुर्घटनामा परी सुनसरीमा एक जनाको मृत्यु, ६ जना घाइते



सुनसरी । गएराति करिब ९ः३० बजे ट्रकले सिटी सफारीलाई ठक्कर दिएर भाग्ने क्रममा सोही ट्रकले कारलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

सुनसरीको इटहरी उपमहानगर ५ को मुख्य राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख २९२४ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १ ०२ २२३ ह १४३६ नम्बरको सिटी सफारीलाई ठक्कर दिएर भाग्ने क्रममा इटहरी १६ स्थित बालग्राममा प्रदेश३ ०१ ०२४ च ९७२२ नम्बरको कारलाई ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा सिटी सफारीमा सवार इटहरी ५ का २३ वर्षीय ईश्वर राउत रहेका छन् । टाउकोमा चोट लागेर गम्भीर घाइते राउतलाई उपचारका लागि विराट नर्सिङ होम विराटनगरमा लगिएको थियो । उनको उपचारका क्रममा राति १२ बजे मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

घाइते हुनेमा सिटी सफारीमा सवार झापाको दमक ७ बस्ने ३४ वर्षीय हेमन्त बिक सुनसरीको रामधुनी ३ बस्ने ३० वर्षीय दिलीप कुमार चौधरी, कार चालक रामधुनी ३ कै ३० वर्षीय सन्दीप राउत त्यस्तै सोही स्थानका ३५ वर्षीय नगेन्द्र गुरुङ, इटहरी ५ का २४ वर्षीय सौगात अधिकारी रहेको प्रहरीले बताएको छ ।

उनीहरूमध्ये ५ जनाको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ । त्यस्तै रामधुनी ३ का दिलीप कुमार चौधरी अवस्था गम्भीर रहेकाले नोबेल अस्पतालमा उपचार भई रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ।

ठक्कर दिने ट्रक चालक फरार रहेका छन् । उनको खोजी भइरहेको छ । दुर्घटनामा परेका तीनै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ८ : ५७ बजे

लमजुङमा पहिरोले धन्सार घर भत्किँदा बुबा-छोरीको मृत्यु, दुई जना घाइते

गोरखा । लमजुङको मध्यनेपाल नगरपालिका-७ भाटबेशीमा पहिरोले धन्सार घर भत्किँदा

काँकरभिट्टाको एक विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा । यहाँको मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको

आज देशभरका अस्पतालहरुमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने

काठमाडौं । चिकित्सकमाथि भएको हातपातको विरोधमा नेपालभरका अस्पतालमा आज आकस्मिकबाहेकका

बजेट कार्यान्वयनबारे अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उत्पादनमूलक उद्योगका

लैङ्गिक हिंसासम्बन्धी उजुरीमा अन्तरमन्त्रालय समन्वय

काठमाडौं । लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणसम्बन्धी