११ श्रावण २०८३, सोमबार | July 27, 2026

‘नाम’ को उच्चस्तरीय बैठकमा सहभगी भएर परराष्ट्रमन्त्री डा. खड्का स्वदेश फिर्ता



काठमाडौं । सर्बियाको बेलग्रेडमा सम्पन्न असंलग्न मुलुकहरुको उच्चस्तरीय वैठकमा भाग लिएर परराष्ट्रमन्त्री डा नारायण खड्का स्वदेश फर्किएका छन्।

गणतन्त्र सर्बिया र गणतन्त्र अजरबैजानका परराष्ट्रमन्त्री निकोला सेलाकोविक र जेहुन ब्यरामभको निमन्त्रणामा परराष्ट्र मन्त्रालयका पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गरी मन्त्री खड्का यही असोज २२ गते बेलग्रेड गएका थिए। बेलग्रेडमा यही असोज २५ र २६ गते असंलग्न राष्ट्रहरुको उच्चस्तरीय बैठक सम्पन्न भएको थियो ।

स्वदेश फर्किएलगत्तै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रेस कक्षमा सो बैठकबारे पत्रकारलाई जानकारी गराउँदै खड्काले उक्त बैठक र आफ्नो भ्रमण सफल भएको र नेपालको निम्ति फलदायी रहेको बताए ।

असंलल्न आन्दोलनका सयभन्दा बढी सदस्य राष्ट्रको सहभागिता रहेको सो विशेष समारोहमा परराष्ट्रमन्त्री डा. खड्काले असोज २५ गते सम्वोधन गर्दै असंलग्न आन्दोलन मञ्चलाई वर्तमान विश्वमा देखा परेका बढ्दो जातीय तथा अन्तर–राज्य द्वन्द्व, हिंसात्मक अतिवाद, अन्तर्राष्ट्रिय आतङ्कवाद, जलवायु परिवर्तन, आर्थिक मन्दी, वित्तिय जोखिम, भूराजनीतिक जटिलता र हातहतियारको होडबाजी लगायतका विषयलाई जोडदार रुपमा आवाज उठाएको जानकारी दिए । वैठकमा धनी र गरिब राष्ट्रबीचको बढ्दो असमानता, इन्धन तथा खाद्य सङ्कट र कोभिड–१९ को महामारीले ल्याएका चुनौती जस्ता विषय समेत उठान गरेको बताए ।

साथै असंलग्न आन्दोलनको स्थापनाकालदेखि नै नेपाल त्यसको सदस्यको रुपमा सक्रिय रहँदै आएको र असंलग्नताको सिद्धान्तलाई नेपालको संविधानले प्रमुख नीतिको रुपमा अंगीकार गरेको विषयलाई पनि आफूले राखेको जानकारी दिए । खड्काले भने,“सम्वोधनको क्रममा मैले सङ्ख्यात्मक र नैतिक धरातलमा मजबुत असंलग्न आन्दोलनले विकासको क्रममा पछि परेका धेरै मुलुकका आवाजलाई समेटेर शान्तिपूर्ण, न्यायिक र समृद्ध विश्वको निर्माण गर्न जरुरी भएको औँल्याएको छु ।”

साथै सम्मेलनमा बहुपक्षीय संस्थाहरु जस्तै संयुक्त राष्ट्रसंघ, अन्तराष्ट्रिय वित्तिय संस्थाहरुको काम गर्ने तरिकामा संरचनागत सुधार गरी आमूल परिवर्तन गर्न आन्दोलनले सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखेको मन्त्री डा. खड्काको भनाइ छ । त्यसगरी उहाँले वैठकमा गरिबी, असमानता र अभावबीचमा बाच्न बाध्य भएका विकासोन्मुख मुलुकहरुबीच वास्तविक सहकार्य गर्दै मुक्ति दिलाउन दक्षिण–दक्षिण मुलुकबीच वास्तविक हातेमालो गर्नुपर्ने धारणा व्यक्त गरेको जानकारी पनि सो अवसरमा दिए ।

मन्त्री खड्काले भने, “असंलग्न सदस्य राष्ट्रहरुबीचको एकता, सहयोग र समन्वयले त्यसका सदस्य राष्ट्रहरुले उठाएका महत्वपूर्ण मुद्दालाई सफल बनाउन जरुरी छ र मतभेद अन्त्य गरी असंलग्न राष्ट्रहरुको आन्दोलनलाई भित्रैबाट बलियो र सबल हुन जरुरी रहेको छु ।” उनले आन्दोलनलाई त्यसका सदस्यलगायत सबैले आ–आफ्नो स्थानबाट उपयुक्त सहयोग गरिदिन र भावी पुस्ताको लागि शान्त र समृद्ध विश्व समाजको निर्माण गर्न वैठकमार्फत सबैलाई अपिल गरेको बताए । उक्त वैठककै क्रममा महत्वपूर्ण द्विपक्षीय भेटघाट गरेको र ती भेटबाटहरु नेपालका लागि महत्वपूर्ण रहेका पनि मन्त्री खड्काले बताए ।

सोही अवसरमा उनले सर्बियाका राष्ट्रपति अलेक्सन्डर भसिससँग भेटगरी दुई देशबीचको बहुआयामियक विषयमा छलफल गरेका थिए । त्यसैगरी गणतन्त्र सर्बिया र गणतन्त्र टर्कीका समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता भएको मन्त्री खड्काले जानकारी दिए ।

भेटका क्रममा ती देश र नेपालबीचको व्यापार र आर्थिक लगानी, आर्थिक सहायता, सांस्कृतिक सम्वन्धका बारेमा छलफल भएको थियो ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  १२ : ५२ बजे

सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाका केही संवेदनशील

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । साउन महिनाको दोस्रो सोमबार आज भगवान् शिवको आराधना

सुनसरी तनावग्रस्त : झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एकको मृत्यु, २२ जना घाईते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज बजारमा साउने सोमबारको बोलबम

आजको मौसम : धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न स्थानमा आज पनि वर्षाको सम्भावना रहेकाले

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने