२२ बैशाख २०८१, शनिबार | May 4, 2024

‘दशैँमा व्यक्तिगत चिन्ताभन्दा निर्वाह गर्नुपर्ने भूमिकाप्रति बढी ध्यान दिनुपर्ने हुन्छ’



काठमाडौं । चाडपर्वमा सबै रमाइरहँदा प्रहरी भने चनाखो हुन्छ । फेस्टी मुडमा हुनसक्ने दुर्घटना, अपराध, विकृति रोक्न सुरक्षाकर्मी खटिन्छन् । विदा र घरपरिवार भन्ने हुँदैन । प्रहरी कार्यालय नै घर र सहकर्मी नै परिवारजस्तो हुन्छ । कुनै अप्रिय घटना र चिन्ताबिना ढुक्कसँग नागरिकले चाडपर्व मनाउन पाए भने प्रहरीलाई खुसी मिल्छ ।

घरमा टीका लाउन नपाएको खल्लोपना हराउँछ । फौजको नियमै हो प्रतिकूल र अफ्ठेरो परिस्थितिमा सेवा गर्नु । तर, पनि मानवीय स्वभावले चाडपर्वमा घर जान नपाउँदा, विदा नपाउँदा मन खल्लो भइहाल्छ । यसलाई हटाउन प्रहरी कार्यालयमै पनि दसैं मनाउने गरिन्छ ड्युटीलाई असर नपर्नेगरी । यसपालि पनि दसैंमा यसरी नै मनाउने तयारी प्रहरीको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तु प्रमुख प्रहरी उपरीक्षक ९एसपी० दानबहादुर कार्कीसँग फौजी दसैंबारे कुराकानीको सम्पादित अंशः

कपिलवस्तुमा हिन्दु धर्मावलम्बीले दुर्गा मूर्ति स्थापना गर्ने र दशैँको टीकाकै दिन बिसर्जन गर्ने कार्यक्रम हुँदै आएको छ । बिसर्जन गर्ने क्रममा डिजे बजाउने, उफ्रिने र खासगरी कृष्णनगरमा झडप भएर मान्छे मृत्यु हुनेसम्मको घटना हुँदै आएको छ ।

त्यसकारण टीकाको दिन टीका लाउनेभन्दा पनि कर्तव्यबोधको दायित्वले त्यहाँ चनाखो भएर ड्युटीमा खटिनुपर्ने अवस्था छ । म आफू बिदामा जान्न । अन्य टोलीलाई पनि मूर्ति बिसर्जन कार्यलाई शान्तिपूर्ण र हिन्दु मुस्लिमका बीचमा सौहार्दपूर्ण वातावरणमा सम्पन्न गरेपछि मात्रै विदामा जाउला भनेर स्टाण्डबाई राखिएको छ ।

दसैँ मनाउने कुरामा अरु ठाउँमा जस्तै अष्टमी, नवमीमा मौलो पूजा गर्ने, सबै प्रहरी कर्मचारीसँग सँगै बसेर खाना खाने हुन्छ । टीकाको दिनमा मेरो घरपरिवार नै प्रहरी कार्यालय भएकाले इच्छुक प्रहरीहरु टीका लाउन पनि आउँछन् । तर यसपालि त्यो हुँदैन । सम्पूर्ण प्रहरी कर्मचारी दुर्गा बिसर्जन कार्यक्रममा अझ सक्रियताका साथ खट्नुपर्नेछ । कपिलवस्तुमा दुर्गामूर्ति सेलाउने नै त्यस दिन पर्ने हुनाले अलि नमिल्ने स्थिति छ । मैले आमाको हातबाट टीका नलगाएको ५ वर्ष भयो । यसपालि पनि टीका लाउन आएन, बाँचिन्छ कि मरिन्छ के हो, भेट पनि भएन भन्ने गुनासो आमाबाट आउँछ ।

तर, एउटा बुझाई के छ भने छोरोको जागिर नै यस्तो छ, सेवा गर्ने हो, यो आउन्न, हामी पनि घर छोडेर हिँड्न पाउँदैनौं, अरु बच्चा पनि हुन्छन् त्यसले पनि लाउन पाउँदैन भनेर आमाले पिर गरेर रुनुहुन्छ । अब यसो फकाउनुपर्छ । यसो हुँदा खल्लो त लाग्छ । तर, आफू शान्ति सुरक्षा कायम गर्ने दायित्वमा बसेको भएर व्यक्तिगत चिन्ता भन्दा पनि हामीले निर्वाह गर्नुपर्ने भूमिकाप्रति बढी ध्यान दिनुपर्ने भएकाले केही खल्लो भए पनि अब बानी परिसक्यो, स्वभाविक भइसक्यो ।

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहिबार  ९ : ३६ बजे

सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका

अत्यधिक गर्मीले अस्पतालमा बिरामीको चाप

चितवन । गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न

सूचनाको हक लोकतन्त्रप्रति भरोसा जगाउने उपयुक्त औजार : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकतन्त्रप्रति जनताको भरोसा

टी-२० विश्वकप खेल्ने नेपाली टिम आइतबार अमेरिका जाँदै

काठमाडौं । टी-२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली टिमको बिदाइ

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार वैशाख २३