२९ असार २०८३, सोमबार | July 13, 2026

न सारङ्गी नै देखियो, न सुनियो मालश्री धुन



पाल्पा । दसैँको नवदुर्गा सुरु भएसँगै मालश्री गीत गाउने चलन पछिल्ला वर्षमा लोप हुँदै गएको छ । गन्धर्व समुदायका युवाले रातका समयमा मालश्री गाउन गाउँबस्तीमा जाने चलन थियो । अहिले मालश्री गाउने मानिस पाउन मुस्किल भएको स्थानीयवासीको दाबी छ । परम्परागत रुपमा गन्धर्व समुदाय सीमित रहेको यो पेशामा युवा पुस्ताको आकर्षण हुन नसक्दा संकटमा परेको हो । सारङ्गीलाई रेटेर निकालिएको सुमधुर धुनले धेरैलाई मोहित बनाउँछ ।

तानसेन नगरापालिकाको बसपार्कका रामबहादुर गन्धर्व अहिले ७० वर्ष भए । मालश्री गीत गाउन पहिला रातिको तीन बजे नै जाने चलन थियो । मालश्री गीत गाउने युवा प्रशस्त हुने भएपनि अहिले कोही पनि भएको गन्धर्वको मन खिन्न छ । पहिला जस्तो सारङ्गी बजाउने विशेष रुचि नहुँदा दसैँमा मालश्री र अन्य समय सारङ्गी बजाइ गीत गाउने चलन हराएको हो ।

मालश्री गीत गाउन उमेर जति पाको हुनुभयो, सारङ्गी बजाउन रहर त्यति नै जागेको छ, तर बढेसकाल लागेकोले रहरले मात्र भएन, गाउँ बस्ती पुगेर गीत गाउन सकिँदैन । अहिले सारङ्गीको धुनसँगै गीत गाउने क्षमता भएका जिल्लाकै एउटा पात्र रामबहादुर गन्धर्व मात्र हुन । गन्धर्व जातिमाथि अपमान र छुवाछुतकै कारण युवा पुस्ता यो पेशाबाट विस्थापित भएका छन् । युवा पुस्ता सारङ्गी बजाउने पेशामा आकर्षित हुन सकेको छैन ।

सारङ्गीको धुनसँगै गन्धर्व जातिले समाजमा सूचना, मनोरञ्जनका माध्यमबाट नागरिकलाई सुसूचित गर्ने चलन थियो । सूचना प्रविधिको विकास हुनुअघि सञ्चारको भरपर्दो माध्यम सारङ्गी मानिन्थ्यो । अहिले सूचना प्रविधिको विकास र प्रयोगले यस बाजाको महत्वमा कमी आएको छ ।

गन्धर्व जातिकोे बस्ती रहेको युवा पुस्ताको आकर्षण नहुँदा परम्परागत बजाउने पेशा संकटमा परेको हो । नेपाली मौलिक लोकबाजा र लोक संस्कृतिको झल्को सारङ्गी रेटेर गीत गाउँदा आउने गर्छ । गैरदलित समुदायले गीत गएर ठूला महलदेखि सवारीसाधन किन्न सक्ने स्थिति हुने, गन्धर्व जातिले गीत गाउँदा जीवीकोपार्जनमा समस्याले युवाको आकर्षण हुन नसकेको गन्धर्व टोल विकास समितिका पूर्व अध्यक्ष दिनेश गन्धर्वले बताए । तानसेन नगरपालिका सहित रम्भा र रिब्दिकोट गाउँपालिकामा गन्धर्व जातिको बसोबास छ । गीतसंगीतमा यसको भूमिका निकै रहे पनि अहिले यो नेपाली लोकबाजा बजाउने मानिसको अभाव देखिएको छ ।

सारङ्गी बजाउने अन्य पेशाव्यवसायमा लागेपछि यो पेशा नै धरापमा परेको छ । गन्धर्व समुदायका सारङ्गी बजाउन सीप भएपनि राज्यको वेवास्ताका कारण अन्य पेशामा लाग्नुपर्ने बाध्यता सिर्जना भएको हो । स्थानीयवासी शालिकराम गन्धर्वका अनुसार छोरा छोरीले लेखपढ गरेपनि स्वदेशमा काम नपाइदा रोजगारीका लागि अन्यत्र जादा यो पेशा संकटमा परेको हो ।

सारङ्गी बाजा बजाई जीवीकोपार्जन गर्न अझै पनि समस्या हुँदा यो पेशा छाडेको गन्धर्वको भनाइ छ । गन्धर्व जातिको पुख्र्यौली पेशा लोप हुनुमा सामाजिक, सांस्कृतिक व्यवस्था नै बाधक रहेको दलित अधिकारकर्मीको भनाइ छ । गन्धर्व कला र गलामा धनी भए पनि राष्ट्रियस्तरमा सम्मान पाउन सकेको छैनन् । सारङ्गी बजाउन पेशालाई निरन्तरता दिन गन्धर्व जाति बाहेकका युवा पुस्तालाई आकर्षित गर्न सरकारले प्रोत्साहनका कार्यक्रम ल्याउनुपर्नेमा दलित अधिकारकर्मी तीर्थप्रसाद गौतम जोड दिन्छन् । -रासस

प्रकाशित मिति : २८ आश्विन २०७८, बिहिबार  १० : ०६ बजे

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले

सभामुखप्रति कांग्रेसको असन्तुष्टि : ‘विपक्षको नाडी छाम्ने होइन, निष्पक्ष भूमिका निर्वाह गरुन!’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता

प्रधानमन्त्री शाहद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार