६ पुस २०८२, आइतबार | December 21, 2025

तलेजु मन्दिरमा आज बली नदिने, प्रशासनले लगायो रोक



भक्तपुर । भक्तपुरकी लक्ष्मीमाया माक पूजा गर्न दरबार स्क्वायरस्थित तलेजु भवानीको मन्दिरमा गइन् । तर गेटमा पुग्न नपाउँदै त्यहाँका सुरक्षाकर्मीले भित्र जानबाट रोकिहाले । अनि मन्दिरमा चढाउन आएको अछेता घरमै फिर्ता लगिन् ।

‘पहिले पहिले मन्दिरभित्र गई पूजा गरेको थिएँ । दशैँमा पूजा गर्न आएको तर भित्र जान दिएन,’ उनले भनिन्, ‘कोरोना भएकोले भित्र जान नदिएको रे । गेटमा गएर पूजा गरेर फर्किएँ ।’

तलेजु मन्दिरमा पूजा गर्नको लागि रामेश्वर तमखु पूजा सामग्री लिएर मन्दिर भित्र पस्न खोजे तर उनलाई पनि सुरक्षाकर्मीले रोके । उनी पनि गेट छेवैको मन्दिरलाई पूजा गरी फर्किए ।

विगतका वर्षमा बडादशैँ टीकाको दिन राँगो, बोका, कुखुरा, हाँसलगायतको बली तलेजु भवानीमा दिइने गरिन्थ्यो । तर यस वर्ष सामान्य रुपमा पूजा गर्न अनुमति दिएकोले भित्र गएर पूजा गर्न नदिएको सुरक्षाकर्मीले बताएका छन् । यस वर्ष कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि पालिकालगायत सम्बन्धित सरोकारवाला निकायको बैठकले बलि चढाउन नदिने निर्णय गरेको थियो ।

तर स्थानीयले मन्दिरभित्र पसेर पूजा गर्न नदिएकोमा दुखेसो पोखेका छन् । सधैँ पूजा गर्दै आएको मन्दिरमा पूजा गर्न नपाउँदा खल्लो लाग्ने तमखुले बताए ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि मन्दिरमा बलि नदिने निर्णय गरेको नगरप्रमुख सुनील प्रजापतिले बताए । उनले विगतका वर्षमा १२५ जना पुजारीलाई तलेजु भवानीको लागि गेट पास दिएको र बलि दिएमा भीडभाड हुने भएकोले नदिने निर्णय गरेको सुनाए ।

‘मन्दिरमा सरकारले बलि दिने गर्छ । राँगोलगायत विभिन्न पशु बलि दिइन्छ,’ उनले भने, ‘नगरपालिका, गुठी संस्थान, सुरक्षाकर्मीलगायत सरोकारवाला निकायसँग बसेर निर्णय गरेका हौं । सोही निर्णयअनुसार आज बलि दिइने छैन । तर सामान्य पूजा गर्न पाउनेछन् ।’

प्रकाशित मिति : २९ आश्विन २०७८, शुक्रबार  ७ : ०६ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको