२४ माघ २०८२, शनिबार | February 8, 2026

भारत फर्किन थाले नेपाली श्रमिक, नाकामा शिवशंकरले भने-घर परिवारसँग रमाइलो गर्ने इच्छा थियो



धनगढी । दशैँको रमाइलो सकिन नपाउँदै नेपालीहरू भारत जान थालेका छन् । दशैँका लागि भन्दै भारतका विभिन्न स्थानबाट नेपाल फर्केका उनीहरू राम्रोसँग दशैँ मनाउन नपाउँदै भारत फर्कन थालेका हुन् ।

‘यता बसेर न त काम पाइन्छ, न त कमाउने जमिन नै छ,’ कैलालीको गोदावरी नगरपालिका-११ का शिवशंकर ओडले भने, ‘बालबच्चा र बुबा आमालाई पाल्नुपर्ने दायित्व म मा छ, उनीहरूको खुसीका लागि दसैँको रमाइलो बिर्सेर भारत जाँदै छु ।’

२५ असोजमा भारतको नोयडा राज्यबाट दशैँ मनाउन नेपाल आएको उनले बताए । ‘घर परिवार र आफन्तसँग रमाइलो गर्ने इच्छा हुँदाहुँदै सबै बिर्सनु परेको छ,’ उनले भने, ‘आफ्नै देशमा रोजगारी पाएको भए यसरी फर्कनु पर्ने थिएन होला ।’

उनी जस्तै धनगढी उपमहानगरपालिका-२ का पदम भट्ट पनि दशैँ राम्ररी मनाउन नपाउँदै रोजगारीका लागि भारत पसेका छन् । दशैँ मनाउन २७ असोजमा उनी धनगढी पुगेका थिए । तर, छुट्टी धेरै नपाइएका कारण राम्ररी दशैँ मनाउन नपाउँदै भारत फर्कनु परेको उनले बताए ।

‘दुई वर्षपछि दशैँ मनाउन घर आएको हुँ,’ उनले भने, ‘आफन्त र नातागोताका सबैलाई भेट्ने र टीका थाप्ने इच्छा थियो, छुट्टी कम भएका कारण सबैलाई बिर्सेर भारत पस्दैछु ।’ भारतको राजधानी दिल्लीमा उनी होटेल क्षेत्रमा कार्यरत छन् ।

कैलालीको गोदावरी नगरपालिका-१२ की ईश्वरी लुहार भने रोजगारीका लागि नभई भारतमै बसेका श्रीमानलाई भेट्न भारत गएको बताउँछिन् । ‘श्रीमान घर नआएको तीन वर्षभन्दा बढी समय भयो’, शनिबार भारत जाने क्रममा कञ्चनपुरको गौरिफण्टा नाकामा भेटिएकी उनले भनिन्, ‘श्रीमान नआएपछि उहाँलाई भेटेर दशैँको जमरा दिन म आफैँ भारत जाँदैछु ।’ घरमा चार छोराछोरी र सासुससुरा तथा दुई नन्द रहेका उनले बताइन् ।

‘श्रीमान घरमा आए खर्चको अभाव हुन्छ,’ उनले भनिन्, ‘त्यसैले उहाँ नेपाल आउनुहुन्न, यसवर्ष म आफैँ दशैँको जमरा लगेर भारत जाँदैछु ।’ घरमा भएका बुढा सासुससुराले छोरालाई भेट्न नपाएपछि भारतमै भए पनि दशैँको टिका पुर्‍याउने इच्छा राखेपछि आफु सासुससुराको आशिर्वाद ‘जमरा’ लगेर श्रीमानलाई भेट्न भारत जान लागेकी उनले बताइन् ।

स्वदेशमा रोजगारी नपाइने र भारतमा पाइएको राजगारी गुम्ने डरले दशैँ राम्ररी मनाउ नपाउँदै नेपालीहरू भारत जान थालेका हुन् । ‘अहिले भारतका होटेलमा ग्राहक बढी आउने गर्दछन्,’ गोदावरी नगरपालिका-११ का शिवशंकर ओडल भने,’ होटल क्षेत्रमा काम गर्ने नेपालीले सायद छुट्टी पाउँदैनन्, पाइहाले पनि छोटो समयका लागि मात्रै छुट्टी पाइन्छ, अनि बाध्य भएर भारत फर्कनु पर्दछ, कि त नोकरी छोड्नु पर्दछ।’

प्रहरीका अनुसार शनिबार बेलुकासम्म गौरिफटा नाका हुँदै १३४ जना नेपाली भारत गएका छन् । भारत जानेमध्य अधिकांस रोजगारीका लागि गएका नागरिकको तथ्याङ्क राख्दै आएको कञ्चनपुरको परासन पच्गढीया चौकीका जवान ममेन्द्रराज गिरीले बताए।

‘धेरै मानिस रोजगारीका लागि गौरिफण्टा नाका हुँदै भारत गएका छन्,’ उनले भने, ‘केही उतै परिवार भएका तथा केही उपचारका लागि पनि शनिबार भारत गएका छन् ।’

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ६ : ५५ बजे

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै

बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको