२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

झोलुङ्गे पुलले फेरिदियो अदुवाबारीको मुहार



गलकोट । बाँदरको बिगबिगीले बाँझो बनेको अदुबाबारी अहिले पर्यटकीय केन्द्र बनेको छ । केही वर्ष अगाडिसम्म पर्वतको कुश्मा नगरपालिका-१ अदुवाबारी क्षेत्रमा कालोपाती र झाडीले भरिएको थियो ।

खेतीपाती हुने स्थानमा बाँदरको बिगबिगीका कारण अदुवा मात्र लगाइने गरिन्थ्यो । स्थानीवासीका अनुसार यसैबाट अदुवाबारी नाम रहन गएको हो । पछिल्लो समय उक्त स्थानको मुहारै फेरिएको मात्रै छैन थेगिन नसक्नु आन्तरिक पर्यटकको घुइँचो नै लाग्ने गरेको छ ।

तितेपातीले भरिएको अदुवाबारी अहिले व्यावसायिक आयआर्जनको गतिलो थलो बनेको छ । बागलुङको बांगेचौरदेखि पर्वतको पाङ अदुवाबारीसम्म विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुलले जोडिए पछि अहिले व्यावसायिक चहलपहल बढ्दो छ ।

अहिले यस क्षेत्रमा धमाधम व्यवसायहरु सञ्चालन हुन थालेका छन् । घर भवन निर्माण भइरहेका छन् । केही वर्ष अघिसम्म अदुवाबारी यसरी परिवर्तन, सम्भावना लिएर आउला भन्ने स्थानीयले सोच्दै नसोचेको बताउँछन् । डरलाग्दो भिर माथिको टाकुरोमा झोलुङ्गे पुलले धेरैलाई आकर्षित गरेको छ ।

पुलले स्थानीयलाई वारपारमा सहज मात्रै बनाएन, उनीहरुलाई व्यापार, व्यवसायसँग जोड्नुका साथै सिङ्गो धौलागिरिको पर्यटन क्षेत्रमा पनि रौनकता थप्न थालेको छ । कालीगण्डकी नदीमा बनेको ५६७ मिटर लामो पुल पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्रको रुपमा स्थापित हुँदै आएको छ ।

दैनिक पुलमा चार देखि ५०० भन्दा बढी आन्तरिक पर्यटक आउने गरेका छन् । मानिसको आगमन बढेसँगै पुलको पारी पर्वततर्फ व्यवसाय फस्टाउन थालेका छन् । किराना पसल, होटल तथा रेष्टुराँलगायतका व्यवसाय गर्ने सङ्ख्या र लगानी बढ्दो छ ।

पुल निर्माणसँगै फेरिएको अदुवाबारीमा व्यवसायको राम्रो सम्भावना रहेको अदुवाबारीका होटल व्यवसयासी गोपाल रिजालले बताए । उनले गत वर्षदेखि होटल सञ्चालन गरेकोमा कोरोना सङ्क्रमणका कारण केही समय नचले पनि अहिले राम्रो व्यापार हुन थालेको बताउँछन् । पुलकै कारण यो ठाउँमा व्यापार व्यवसायका लागि उपर्युक्तस्थल बन्दै गएकाले व्यापार व्यवसायका लागि व्यवसायी थपिने क्रम जारी छ । केही वर्ष अगाडिसम्म यो ठाउँ निकै सुनसान र डरलाग्दो भिर भए पनि पुलले व्यावसायिक ढोका खोल्दिएको रिजाल बताउँछन् ।

“पहिला हामीले यो ठाउँमा यस्तो बन्ला भन्ने सोचेकै थिएनौँ, जब यहाँ पुल बन्यो, अहिले पूरै ठाउँनै परिवर्तन भएको छ, यहाँ जग्गा हुने जग्गाधनीलाई निकै फाइदा पुगेको छ”, उनले भने, “यहाँ मैले होटल रेष्टुराँ सुरु गरेको पनि एक वर्ष भइसक्यो, पहिला सुनसान जस्तै थियौँ, अहिले व्यावसायिक प्रयोजनले यति धेरै घरहरु बनेका छन्, पसल खुलेका छन् अझै खुल्ने तर्खरमा छन् ।”

स्थानीय गोम माझीले लामो पुलले अदुवाबारीको मुहारै फेरिएको बताउँछन् । माझीले यस ठाउँ भिर रहेका कारण पहिला खासै मान्छे नआउने गरेकोमा अहिले दैनिक सयौँ मानिस आउनुले पर्यटन र अरु व्यापारका लागि राम्रो सम्भावना र विकास भइरहेको बताए । उनले पुल खुलेपछि व्यवसाय सुरु गरेको जनाउँदै आफ्नो व्यवसाय अहिले निकै राम्रो भएको जानकारी दिए । पुलको मुखमै पसल गरेर बस्नुभएकी माझीले अहिले दैनिक सयौँ मानिसलाई पानी र सामान्य खाजा बिक्री गर्दै आएका छन् ।

यस क्षेत्रमा पर्यटक आकर्षण गर्नका लागि व्यावसायिक रुपमा स्वीङ पनि सञ्चालनमा ल्याइएको छ । अरु संरचना पनि निर्माण भइरहेका छन् । पर्वतको कुश्मा नगरपालिका-१ का वडाध्यक्ष देवेन्द्र सुवेदीले पर्यटनमैत्री पूर्वाधार निर्माणका साथै यो ठाउँलाई थप व्यवस्थित र पर्यटक आवतजावतको सहजताका लागि वडा कार्यालयले सडक सञ्जालसमेत विस्तार र स्तरोन्नति गर्ने योजनामा रहेको जानकारी दिए ।

उनले अदुवाबारी क्षेत्रमा सञ्चालनमा आएका होटल तथा अन्य व्यवसायीलाई करको दायरामा ल्याएर आर्थिक विकासमा समेत टेवा पुर्याउने आफूहरुको लक्ष्य रहेको बताए । रासस

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  १० : १९ बजे

औषधि पसल र थोक बिक्रेतालाई ‘कुशल फार्मेसी अभ्यास’ मापदण्ड पालना गर्न विभागको निर्देशन

काठमाडौँ । औषधि व्यवस्था विभागले औषधि बिक्रीवितरण तथा भण्डारणलाई व्यवस्थित,

भक्तपुरमा लिच्छविकालीन बिस्केट जात्राको तयारी

भक्तपुर । प्रत्येक नयाँ वर्षमा भक्तपुरवासीले नौ दिन आठ रातसम्म

बुटवलमा ‘बुटवल नियो क्लिनिक’ सञ्चालन, बालबालिकाका न्यूरो-विकास समस्याको एकै स्थानमा उपचार

बुटवल । बुटवल उपमहानगरपालिका-८ सुख्खानगरस्थित धर्मपथमा ‘बुटवल नियो क्लिनिक’ सञ्चालनमा

सरकारी र निजी अस्पतालमा १० प्रतिशत निःशुल्क शय्या कार्यान्वयन हुँदै

काठमाडौं । सरकारले सरकारी र निजी अस्पतालमा १० प्रतिशत शय्या

महासंघको निर्वाचनका लागि बुटवल उवासंघबाट अध्यक्ष अर्याल मुख्य प्रतिनिधि चयन

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले नेपाल उद्योग वाणिज्य