२९ मंसिर २०८२, सोमबार | December 15, 2025

प्रधानमन्त्री र सभामुखबीच भेट, संसद अधिवेशन बोलाउने विषयमा छलफल



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच संसदको आगामी अधिवेशनका विषयमा छलफल भएको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अधिवेशन बोलाउने विषयमा छलफल भएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए ।

प्रधानमन्त्री र सभामुखबीच विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको विषय तथा नीति तथा कार्यक्रमको विषयमा समेत छलफल भएको न्यौपानेले जानकारी दिए ।

संसदको बजेट अधिवेशन अर्थात वर्षे अधिवेशन बोलाउने समय भैसकेको छ । यसअघिको परम्पराअनुसार बैशाख २१ गते सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको थियो । नीति तथा कार्यक्रमका आधारमा आगामी आर्थिक वर्षको बजेट विनियोजन हुनेगरेको छ । जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता रहेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ । कोरोना भाइरसको महामारीका कारण देश लकडाउनमा रहेका कारण संसद अधिवेशन आह्वान गर्न अप्ठेरो अवस्था रहेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ११ : ४१ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले