२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

अविरल वर्षा र बाढी पहिरोबाट सुदुरपश्चिम प्रदेशको जनजीवन अस्त व्यस्त



धनगढी । अविरल वर्षाका कारण सुनुर पश्चिम प्रदेशको जनजीवन अस्त व्यस्त बनेको छ । भिमदत्त राजमार्गका दर्जन बढी स्थानमा पहिरो खसेर राजमार्ग अवरुद्ध बनेको छ भने कम्तीमा ३ जनाले ज्यान गुमाएका छन् । सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार पहिरोमा पुरिएर ३ जनाको ज्यान गएको २ जना घाइते भएको र १ जना बेपत्ता भएका छन् ।

वर्षा र बाढी पहिरोमा परि डोटीमा २ जना, र डडेल्धुरामा १ जनाको ज्यान गएको सुदुरपश्चिम प्रदेश प्रहरीले जनाएको छ । प्रहरीका अनुसार डडेल्धुराकै २ जना घाइते हुनुका साथै कैलालीमा १ जना बेपत्ता भएका छन् । पहिरो र वर्षाका कारण बझाङमा ३, डोटीमा १ र डडेल्धुरामा २ वटा घर भत्केका छन् भने २ भैंसी, १ गाई, २२ बाख्रा, ३ गोरु र २२ कुखुरा मरेको समेत प्रहरीले जानकारी दिएको छ । त्यसैगरि प्रदेशमा २ दर्जन बढी पशुचौपाया चट्याङमा परि मरेको समेत प्रहरीले जनाएको छ ।

वर्षाबाट प्रदेशको कैलालीबाट डोटी, डडलेल्धुरा, बझाङ र अछाम जाने सडकहरु पूर्णरुपमा अवरुद्ध भएको छ । उता भिमदत्त नगरपालिका १२ स्थित ओदाली र ऐरी घाटमा माहाकाली नदीमा पानीको सतह वढन गई १५० बढी घर डुबानमा परेपछि प्हरीले उद्दार गरिरहेको छ ।

 

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  २ : ०४ बजे

पूर्वगृहमन्त्री रमेश लेखक हाजिर जमानतमा रिहा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक नेपाल

१३ दिनपछि रिहा भए ओली, प्रहरीले अस्पतालबाटै लगायो आफन्तको जिम्मा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

वार्ताअघि इस्लामाबाद बन्द

इस्लामाबाद । अमेरिका-इरानबीच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई हाजिर जमानतमा छाड्ने तयारी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली