२५ बैशाख २०८१, मंगलबार | May 8, 2024

तिलोत्तामाकी सिता भण्डारी मृत्यु प्रकरण ४६ दिन पछि सकियो, रकम बुझेर सिताको शवको दाहसंस्कार गरियो



बुटवल । रुपन्देहीको तिलोत्तामामा भएको सीता भण्डारी पौडेल मृत्यु प्रकरणको आन्दोलन ४६ दिन पछि सकिएको छ । क्षतिपुर्ती स्वरुप मृतक सिताका घरपक्षबाट ११ लाख रुपैयाँ बुझेपछि माइती पक्ष सहितका आफन्तले गर्दै आएको आन्दोलन स्थगित गरेर शवको दाहसंस्कार गरेका छन् ।

गत भदौ २० गते बिहान मृत अवस्थामा फेला परेकी तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्रामकी सीता भण्डारी पौडेलको आत्महत्या हो कि हत्या भन्ने विवाद लम्बिँदा डेढ महिना देखि माईती पक्षबाट आन्दोलन गरिँदै आएको थियो । मृतक सिताको शव समेत नबुझेर आन्दोलन गरिरहेका उनीहरुले आज ११ लाखको चेक बुझेर अन्त्यष्टि गर्न सहमत भएका छन् ।

तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिकाको सीमा क्षेत्रमा रहेको मगरघाटमा माइती पक्ष समेतको सहभागितामा बुधबार अन्त्येष्टि गरिएको रुपन्देही प्रहरीले जनाएको छ । विवाह गर्दा लागेको खर्च र पारिवारिक सहमति भएका बेला लेनदेन भएको १ लाख समेत ११ लाख रुपैयाँको चेक माइती पक्षले बुझेको बताईएको छ ।

आन्दोलनमा तिलोत्तामामा धेरै स्थानीय अगुवाहरुको समेत सहभागीता रहेपनि सम्झौता गर्दा उनीहरुलाई थाहा नदिई शव बुझ्ने र आन्दोलन स्थगित गर्ने काम भएको नाम नबताउने शर्तमा एक स्थानीयले बताए । गत भदौ २० गते बिहान आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी सीताको हत्या भएको भन्दै माइतीपक्षले याचना गरेपछि तिलोत्तामाका सामाजिक अगुवाहरुले ‘जस्टिस फर सीता भण्डारी’ भन्ने अभियान सञ्चालन गरेर आन्दोलन चलाएका थिए ।

प्रहरीले अनुसन्धानको क्रममा सीताको मोबाइलबाट ‘…….मलाई माफ गरिदिनुहोला, मेरो अर्को जुनी भयो भने म हजुरहरूकै काखबाट जन्मिन चाहन्छु, मलाई यो जिन्दगीबाट पुग्यो। म सकिनँ बाँच्न’ भनी लेखिएको सुसाइड नोट फेला परेको प्रहरीले बताएको थियो ।

मृतकका बुवा हरिप्रसाद भण्डारीले जाहेरी दिएपछि सीताका श्रीमान टीका पौडेल आमाजु (दिदी) बिष्णु पौडेल र जेठाजु हरिप्रसाद पौडेल आत्महत्या दुरूत्साहन मुद्दामा पुर्पक्षका लागि थुनामा गएका छन् । २७ वर्षीया सीता आफ्नै घर कोठामा मृत अवस्थामा फेला परेको सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा अनुसन्धान जारी रहेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७८, बुधबार  ३ : ३७ बजे

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र

माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को

पेमेन्ट गेटवे प्रकरण : तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार