१६ चैत्र २०८२, सोमबार | March 30, 2026

काठमाडौं भित्रिने मुख्य नाकामै नाजुक सडक



काठमाडौं । स्थलमार्गबाट राजधानी प्रवेश गर्ने मुख्य नाका नौबिसे-नागढुंगा सडकमा दैनिक हजारौ सवारी साधन गुड्छन् । तर उक्त सडक जताततै खाल्डाखुल्डी र भत्किएर छियाछिया छ । नौबिसेदेखि-नागढुंगासम्मको दुरी करिब १४ किलोमिटर सडक छ ।

उक्त खण्डमा अधिकांश स्थानमा सडक भत्किएर छियाछिया बनेको छ । भर्खरै नेपालीको ठूलो चाड दसैं सकिएको छ । दसैं मनाएर उपत्यका भित्रिने यात्रुको संख्या दिनहुँ बढिरहेको छ । तर दुर्भाग्य, नौबिसे-नागढुंगा सडकको नाजुक स्थितिकै कारण सवारी साधनलाई १४ किलोमिटर दुरी छिचोल्न ३ देखि १२ घन्टासम्म लाग्छ ।

विशेष गरेर नौबिसे-नागढुंगा खण्डमा खत्रीपौवा, खानीखोला, भूतघर, झयाप्लेखोला आसपासको सडक कतै खाल्डाखुल्डी त कतै पहिरो खसेर पुरिएका छन् । जसले गर्दा साँझबिहान असाध्यै जाम हुन थालेको छ ।

पाल्पाको रामपुरबाट काठमाडौं फर्किंदै गरेका यात्रु अनिल शर्माले सडक विभागले नियमित मर्मतसम्भार नगर्दा नौबिसे-नागढुंगा सडक खण्डमा मंगलबार चार घन्टा जाममा फसेको गुनासो गरे । ‘अरू बेला मर्मतसम्भार नगरे पनि दसैंको बेला त गरे हुन्थ्यो नि १ अहिले यात्रुहरू दैनिक चारदेखि १२ घन्टासम्म नौबिसे-नागढुंगाको जाममा फस्दै आइरहेका छन्,’ उनले भने, ‘राजधानी भित्रिने मुख्य नाकाकै यस्तो हालत छ भने अन्य ठाउँको सडकको हालत कस्तो होला रु’ शर्माले सरकारलाई सडकबाट कर मात्रै उठाउने नभई नियमित मर्मतसम्भार गर्न समेत सुझाए ।

महानगरीय ट्राफिक प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक ठाकुर सापकोटा नौबिसे-नागढुंगा खण्ड भत्किएर जीर्ण भएकाले पिक आवरमा सवारी साधन अत्याधिक जाममा पर्ने बताउँछन् । ‘अहिले झ्याप्लेखोला, भूतघर, खत्रीपौवा र सुरुङमार्ग वरपरको सडक भत्किएर बेहाल छ,’ उनले भने, ‘एकातर्फ उकालो सडक र अर्कोतर्फ खाल्डाखुल्डी भएपछि त जाम नहुने कुरै भएन । सडक विभाग तथा डिभिजन सडक कार्यालयलाई मर्मतसम्भार गर्न बारम्बार अनुरोध गरे पनि बेवास्था गरेकाले अहिले सवारी वारपार गर्न समस्या भइरहेको छ ।’

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मंगलबार राति १२ बजेतिर ग्यास बोेकेको ट्रक दुर्घटना हुँदा पनि ट्राफिक जाम अझै बढेको थियो । महाशाखाका अनुसार गत असोज ११ गतदेखि कात्तिक ३ गते बिहानसम्म काठमाडौं उपत्यकाका चारवटै नाकाबाट नौ लाख ९५ हजार यात्रु काठमाडौंबाट बाहिरिएका छन् । आजको नागरिक दैनिकमा हिमाल लम्सालले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ४ कार्तिक २०७८, बिहिबार  ७ : ०७ बजे

राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज

लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा तत्काल रिहाको आदेश आएन, कारण देखाउ आदेश जारी

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा

शासकीय सुधार कार्यसूची : स्वास्थ्य क्षेत्रमा डिटिजल प्रणाली चुस्त बनाइने

काठमाडौँ । मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीयसम्बन्धी एक

निजी क्षेत्रलाई सहज वातावरण दिने अर्थमन्त्रीको प्रतिबद्धता

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले निजी क्षेत्रका लागि प्रशासनिक

ओली पक्राउको विरोधमा आज पनि एमालेको प्रदर्शन

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा