१३ असार २०८३, शनिबार | June 27, 2026

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट : स्कटल्याण्डलाई ऐतिहासिक उपलब्धि



काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा स्कटल्याण्डले ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।

बिहीबार राति भएको खेलमा घरेलु टिम ओमानलाई ८ विकेटले पराजित गर्दै स्कटल्याण्ड सुपर-१२ मा पुगेको हो । स्कटल्याण्ड पहिलो पटक विश्वकपको सुपर १२ मा प्रवेश गरेको हो ।

ओमानले दिएको १ सय २३ रनको लक्ष्य स्कटल्याण्डले १७ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो । स्कटल्याण्डको जितमा कप्तान केली कोयट्जरले ४१ रन बनाए । म्याथ्यु क्रसले अविजित २६ रन जोड्दा रिची बेरिङटनले अविजित ३७ रन बनाए । जर्ज मुन्सेले २० रन बनाए ।

ओमानका खावर अली र फायज बुटले १र१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको ओमानले २० ओभरमा अलआउट हुँदै १ सय २२ रन बनाएको थियो । ओमानका लागि अकिब इल्यासले ३७ रन जोड्दा जिशन मक्सुदले ३४ रन बनाए ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ६ : ३४ बजे

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोकमा कारको ठक्करबाट दुई

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष