२४ मंसिर २०८२, बुधबार | December 11, 2025

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट : स्कटल्याण्डलाई ऐतिहासिक उपलब्धि



काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा स्कटल्याण्डले ऐतिहासिक उपलब्धि हासिल गरेको छ ।

बिहीबार राति भएको खेलमा घरेलु टिम ओमानलाई ८ विकेटले पराजित गर्दै स्कटल्याण्ड सुपर-१२ मा पुगेको हो । स्कटल्याण्ड पहिलो पटक विश्वकपको सुपर १२ मा प्रवेश गरेको हो ।

ओमानले दिएको १ सय २३ रनको लक्ष्य स्कटल्याण्डले १७ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो । स्कटल्याण्डको जितमा कप्तान केली कोयट्जरले ४१ रन बनाए । म्याथ्यु क्रसले अविजित २६ रन जोड्दा रिची बेरिङटनले अविजित ३७ रन बनाए । जर्ज मुन्सेले २० रन बनाए ।

ओमानका खावर अली र फायज बुटले १र१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको ओमानले २० ओभरमा अलआउट हुँदै १ सय २२ रन बनाएको थियो । ओमानका लागि अकिब इल्यासले ३७ रन जोड्दा जिशन मक्सुदले ३४ रन बनाए ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ६ : ३४ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल