३ आश्विन २०८३, शनिबार | September 19, 2026

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट : श्रीलंका समूह बिजेता बन्दै सुपर १२ मा



काठमाडौं । नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गर्दै श्रीलंका आईसीसी टी-ट्वान्टी विश्वकप अन्तर्गत समूह ‘ए’ को विजेता बन्दै सुपर १२ मा पुगेको छ ।

जितका लागि ४५ रनको सामान्य लक्ष्य पछ्याएको श्रीलंकाले ७ ओभर १ बलमा २ विकेटको क्षतिमा पूरा गरेको हो । श्रीलंका कुशल परेरा ३३ रनमा अविजित रहे ।

त्यसअघि शारजाह क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्स १० ओभरमा ४४ रनमा अल आउट भएको थियो ।

नेदरल्यान्ड्सका कोलिन एक्रमनले सर्वाधिक ११ रन बनाए । श्रीलंका स्पिनर वानिन्दु हसरंगा र लाहिरु कुमाराले समान ३ विकेट लिए ।

समूह ‘ए’बाट श्रीलंका ३ खेलमा ३ मानै जित सहित ६ अंकका साथ शीर्ष स्थानमा रह्यो । नामिबिया ३ खेलमा २ मा जित र १ मा हार सहित ४ अंकका साथ सुपर १२ मा स्थान पक्का गरेको हो ।

आयरल्यान्ड ३ खेलमा २ मा हार र १ मा जित सहित तेस्रो र नेदरल्यान्ड्स ३ खेलमा ३ मानै हारका साथ अंक बिहिन हुँदै बाहिरिए । सुपर १२ को समूह ‘ए’ मा अष्ट्रेलिया, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज, समूह ‘बी’ को उपविजेता बंगलादेश र समूह ‘ए’ को विजेता श्रीलंका छन् ।

सुपर १२ को समूह ‘बी’ मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, पहिलो चरणको समूह ‘बी’ को विजेता स्कटल्यान्ड र समूह ‘ए’ को उपविजेता नामिबिया छन् ।

सुपर १२ बाट दुवै समूहका शीर्ष २-२ टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ८ : ५७ बजे

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाएर अन्त्येष्टि

काठमाडौं । भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको

संविधानका उपलब्धि संस्थागत गर्दै राष्ट्र निर्माणमा जुट्न मुख्यमन्त्री भट्टको आग्रह

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले संविधानका उपलब्धि संस्थागत

संविधानको प्रभावकारी कार्यान्वयनबाट लोकतान्त्रिक गणतन्त्र बलियो हुन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधानको प्रभावकारी कार्यान्वयनबाट

विवेकपूर्ण ढङ्गले राष्ट्रिय सहमतिमा संविधान संशोधन गर्नु उपयुक्त हुन्छ : पूर्वप्रधानमन्त्री डा भट्टराई

काठमाडौँ । लामो सङ्घर्षपछि जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएको आज

आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको परिणामस्वरुप २०७२