२८ माघ २०८२, बुधबार | February 11, 2026

‘तत्काल कारबाही’ गर्ने गरी तिहारलक्षित बजार अनुगमन



काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रको बजारलाई एकीकृत अनुगमन गरिने भएको छ । बजार अनुगमन व्यवस्थित हुन नसकेको गुनासो बढिरहेका बेला कामपाको नेतृत्वमा एकीकृत अनुगमनको निर्णय लिइएको हो ।

कामपाका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिकी संयोजक हरिप्रभा खड्गी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले अनुगमनको विस्तृत खाका तयार गरेको बताइएको छ । संयोजक श्रेष्ठले अनुगमनको क्रममा कैफियत देखिए तत्काल कारबाही गर्ने चेतावनी दिएकी छन ।

‘चाडबाडमा जथाभावी गर्ने व्यापारीलाई तत्काल कानुनी दायरामा ल्याएर कारबाही गर्नेछौं ।’– उनले बताइन । टोलीले खाद्यान्न, तरकारी, मरमसला तथा भाइटीका मसलाका सामान र फलफूल, फूल र मालासहित कृषिजन्य सामग्री, माछा, मासु, दूध तथा दुग्धजन्य खाद्यवस्तुको मूल्य र गुणस्तर हेर्नेछ । क्षेत्रअनुसार खटाइने अनुगमन टोलीमा नेपाल प्रहरी, कामपा, महानगर प्रहरी, समितिका अधिकारीलगायतको सहभागिता रहनेछ ।

हाम्रो लक्ष्य कसैलाई असजिलो महसुस गराउने होइन, सेवा र वस्तुको गुणस्तर तथा मूल्यलाई व्यवस्थित गर्ने हो, उनको भनाइ छ– ‘स्वच्छ बजार व्यवस्थापनका लागि गरिने अनुगमनले उचित व्यापारिक क्रियाकलाप गर्नेलाई समस्या नपरोस् भन्ने उद्देश्यले अनुगमनलाई उच्च प्राथमिकतामा राखेका हौं ।’

तिहार र छठ पर्व लक्षित अनुगमनपछि पनि बजार अनुगमनलाई निरन्तरता दिने जानकारी दिंदै उनले टोलीमा वाणिज्य विभाग, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभागका प्रतिनिधि र उपभोक्ता अधिकारकर्मी रहने बताइन ।

यसैबीच दशैंको अनुगमन र तिहारमा हुने अनुगमनको विषयमा केन्द्रित बैठकमा कामपा कृषि विभागका प्रमुख एवं निरीक्षण अधिकृत हरिबहादुर भण्डारीले खाद्यान्न, तरकारी, फलफूललगायत खाद्यवस्तु र पशु सेवा महाशाखाका प्रमुख एवं निरीक्षण अधिकृत वरिष्ठ पशु चिकित्सक डा। अवधेश झाले दशैंको अनुगमनको अवसरमा भएका गतिविधिको विवरण प्रस्तुत गरेका थिए ।

भण्डारीका अनुसार १४ दिनमा ३० वटा व्यापारिक फर्म तथा प्रतिष्ठानमा अनुगमन गरिएको, जसमध्ये एक तरकारी व्यापारीलाई २० हजार रुपियाँ र एक किरानासहित दुग्धजन्य तथा अन्य खाद्य वस्तुको व्यापार गर्नेलाई ५० हजार रुपियाँ जरिवाना गरिएको थियो ।

डा। झाका अनुसार दशैंका लागि काठमाडौं उपत्यकामा ९ सय ६२ वटा कुखुरा, १ हजार ४ सय २२ हाँससहित ५५ हजार २ सय ९३ वटा पशुपक्षीको स्वास्थ्य परीक्षण गरिएको थियो । जसमध्ये कलंकी खसी बजारमा १५ वटा र टुकुचा खसी बजारमा ३ वटा गरी १८ वटा मृत खसीबोका गाडिएको थियो । १ सय ९६ वटा बिरामी चौपाया पाइएको थियो ।

तिहार लक्षित अनुगमनको विषयमा जानकारी गराउँदै उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमम्सिनाले बजारमा बेचिने वस्तुको ढुवानी, भण्डारण र विक्री कक्षसम्मको चक्र हेर्नुपर्ने र आवश्यकताका आधारमा खरिद बिलसँग बिक्री बिल भिडाउनुपर्ने अवस्था रहेको उल्लेख गरे । नेपाल च्याम्बर अफ कमर्स महानगर समितिका प्रथम उपाध्यक्ष तेविन्द्ररत्न शाक्यले अनुगमनबाट स्वच्छ व्यापारमा फाइदा पुग्नुपर्ने बताए । आजको नेपाल समाचारपत्र दैनिकमा इश्वरराज ढकालले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ७ : ४० बजे

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी

अख्तियारमा स्थानीयतहमा भएको भ्रष्टाचार विरुद्ध उजुरीको चाङ

नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय

निर्वाचनको प्रचारप्रसार अभियानमा सक्रिय बन्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

कास्की । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

राष्ट्रियसभा बैठक : चलचित्र विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाले ‘चलचित्र विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ

काठमाडौंको मूलपानीमा ट्याङ्करको ठक्करबाट घाइते महिलाको मृत्यु

काठमाडौं । काठमाडौंको मूलपानी पुलमा ट्याङ्करको ठक्करबाट स्कुटर पछाडि सवार