१ श्रावण २०८३, शुक्रबार | July 17, 2026

आजबाट प्रदेश नम्बर १ मा पनि एमालेले सत्ता गुमाउँदै, एकीकृत समाजवादीका राजेन्द्र राई मुख्यमन्त्री बन्ने



काठमाडौं । गण्डकी प्रदेशबाट एमाले नेतृत्वको प्रदेश सरकार ढल्ने सृङ्खला आज प्रदेश १ मा पुग्ने करिव निश्चित जस्तै भएको छ ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री भिम आचार्यले प्रदेशसभासँग मागेको विश्वासको मत उपर आज मतदान हुने भएको छ । संसदमा आचार्यलाई आवश्यक पर्ने मत नपुग्ने भएकाले प्रदेश १ मा पनि एमाले नेतृत्वको सरकार ढल्ने निश्चित जस्तै बनेको हो । यस अघि लुम्बिनी प्रदेशमा पनि एमाले नेता शंकर पोखरेल नेतृत्वको सरकार ढलिसकेको छ ।

प्रदेश नम्बर १ मा सरकार टिकाउन ४७ मत आवश्यक पर्ने भएपनि मुख्यमन्त्री आचार्यसँग ४७ मत छैन । प्रदेशसभामा सत्तारूढ एमालेका ४१ सांसद छन् । एकजना सभामुख र एक जना फरार सांसद घटाउँदा उसको मत संख्या ३९ मात्रै पुग्छ । संसदमा स्पष्ट बहुमत सिद्ध गर्न ४७ मत आवश्यक पर्छ । प्रतिपक्षी गठबन्धन भने ५० मत संख्या साथमा लिएर नयाँ सरकार बनाउने तयारीमा लागेको छ ।

विपक्षी गठबन्धनमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका तीन र संघीय लोकतान्त्रिक मञ्चका एक गरी ५० सांसद रहेका छन् ।

सत्तारुढ गठबन्धनको केन्द्रीय नेतृत्वकाबीच प्रदेश १ र बागमतीमा नेकपा एकीकृत समाजवादीको नेतृत्वमा सरकार बनाउने सहमति भएको छ । जसअनुसार प्रदेश १ मा राजेन्द्र राई मुख्यमन्त्री बन्ने छन् । १० गते सम्मका लागि स्थगित भएको बागमती प्रदेशमा पनि एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार ढालेर राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने तयारीमा सत्ता गठबन्धन देखिएका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ९ : २१ बजे

सेवानिवृत्तलाई करार सेवामा नराख्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान । सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद्

आजदेखि नयाँ कर व्यवस्था लागू, शिक्षा–स्वास्थ्यमा ३५ समता शुल्कदेखि सेयर लाभकरसम्म बढ्यो

काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारले बजेटमार्फत घोषणा

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन दिनमा संघीय