२३ चैत्र २०८२, सोमबार | April 6, 2026

प्रधानमन्त्री देउवाले प्रदेश १ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै



झापा । प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रदेश नं १ को बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न आउनेभएका छन् ।

इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार प्रधानमन्त्री देउवाले मोरङ र सुनसरीको बाढी प्रभावित क्षेत्रमा निरीक्षण गर्ने कार्यक्रम छ ।

देउवाले आजै इलाम र पाँचथर जिल्लाको पहिरो प्रभावित क्षेत्रको समेत हवाई निरीक्षण गर्ने कार्यक्रम छ । निरीक्षणपछि प्रधानमन्त्री देउवाले ती दुई जिल्लाका सीमामा रहेको राँके बजारमा प्रमुख जिल्ला अधिकारीसँग पहिराले पु¥याएको क्षति, उद्धार तथा राहतका बारेमा जानकारी लिने प्रजिअ खड्काले जानकारी दिए

हालै आएको बेमौसमी वर्षाका कारण प्रदेश नं १ मा बाढी र पहिराबाट ६२ जनाको मृत्यु, २० घाइते र १३ बेपत्ता भएको प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत नबीनराज राईले जानकारी दिएका छन् ।

प्रदेशमा सबैभन्दा बढी मानवीय क्षति पाँचथर जिल्लामा भएको छ । जिल्लामा २८ को मृत्यु, १० घाइते र छ बेपत्ता भएका छन् । जिल्लाको कम्मायक, मिक्लाजुङ र फाल्गुनन्द गाउँपालिका तथा फिदिम नगरपालिका पहिरोले क्षति पु¥याएको छ ।

यसैगरी इलाम जिल्लामा बाढी र पहिराका कारण १४ जनाको मृत्यु, पाँच घाइते र एक बेपत्ता छन् । माङ्सेबुङ र फाकफोकथुम गाउँपालिका, माई र देउमाई, सूर्योदय नगरपालिका पहिराले क्षति पु¥याएको जनाइएको छ । रासस

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  १० : १० बजे

शेयर बजारप्रति सरकार उदार, ‘धरपकड होइन सुधार’ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शेयर बजारमा अनावश्यक त्रास

प्रतिनिधिसभामा नेकपा प्रमुख सचेतकको सुझाव – ‘स्टन्ट होइन, काम गरेर देखाओस्’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले सरकारलाई

नेपालमा लगानीको अपार सम्भावनाको सदुपयोग गर्न एनआरएनएलाई राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान अवस्थामा नेपालमा रहेको लगानीको

राजगुठी जग्गा संरक्षण गर्न घ्याङ गुठीको माग

काठमाडौं । गुठी संस्थानअन्तर्गत रहेको बौद्धको राजगुठी जग्गा संरक्षण गर्न

स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुपबीच फिनपोस मार्फत रणनीतिक साझेदारी

काठमाडौं । स्मार्टच्वाइस टेक्नोलोजिजले सिटीटेक ग्रुपसँग डिजिटल भुक्तानी क्षेत्र का