१५ चैत्र २०८२, आइतबार | March 30, 2026

प्रदेश १ प्रदेशसभा बैठक ८ दिन स्थगित, मुख्यमन्त्री आचार्यको पद थप केहीदिन सुरक्षित



विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक ८ दिन स्थगित भएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेले प्रदेश १ प्रदेशसभा बैठक स्थगित गर्न अलगअलग निवेदन दिएपछि प्रदेशसभा बैठक ८ दिन स्थगित भएको हो । प्रदेशसभा बैठक थप ८ दिन स्थगित भएपछि आजै पदच्युतको अवस्थामा पुगेका मुख्यमन्त्री भीम आचार्यको पद केही दिन थप जोगिएको छ ।

प्रदेशसभामा मुख्यमन्त्री भीम आचार्यले मागेको विश्वासको मतमाथि आज छलफल र मतदान हुने कार्यसूची रहेको थियो । साढे १२ बजेका लागि बोलाइएको बैठक स्थगित गर्न कांग्रेस र एमालेले माग गरेपछि आचार्यले मागेको विश्वासको मतको छिनोफानो पनि थप आठ दिन पछि सरको छ ।

कांग्रेस तीन र एकीकृत समाजवादीका एक सांसदले फ्लोर क्रस गरेर आचार्यलाई मत दिने सूचना आएपछि कांग्रेसले बैठक स्थगितको निवेदन दिएको थियो । यस्तै, यस्तै एमालेले पनि पार्टीको पालिका अधिवेशन र पार्टीका कमिटी बैठकहरु भएका कारण कात्तिक १५ गतेसम्म प्रदेशसभा बैठक स्थगित गर्न आग्रह गर्दै सभामुखलाई निवेदन दिएको थियो । सभामुख प्रदीपकुमार भण्डारीसँग मौखिक आग्रह अस्वीकार भएपछि कांग्रेसले लिखित निवेदन नै दिएको हो । बैठक स्थगित गर्ने या अघि बढाउने अधिकार सभामुखमा रहन्छ ।

 

प्रकाशित मिति : ७ कार्तिक २०७८, आइतबार  ३ : ५३ बजे

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा