२८ माघ २०८२, बुधबार | February 11, 2026

भैँसीसम्बन्धी एसिया सम्मेलन सुरु : भैँसीमा बेमौसमी प्रजनन सफल



रामपुर । दूध र मासुका लागि पालिने भैँसीको बेमौसमी प्रजनन गराउन नेपालका विज्ञहरू सफल भएका छन् ।

कृषि तथा वन विश्वविद्यालयले लामो समयदेखि भैँसीको बेमौसमी प्रजनन गराउन गरेको अनुसन्धान सफल भएको मुख्य अनुसन्धानकर्ता प्राडा भूमिनन्दन देवकोटाले बताए ।

“हामी बेमौसमी भैँसी प्रजननमा सफल भएका छौँ”, चितवनमा जारी एसिया भैँसी सम्मेलन आयोजक समितिका अध्यक्षसमेत रहेका भैँसीसम्बन्धी विज्ञ प्राडा देवकोटाले भने, “विगत पाँच वर्षयता नेपालका विभिन्न ठाउँका दुई सय भैँसीमा गरिएको अनुसन्धानमा ९४ वटा भैँसीलाई बेमौसमी प्रजनन गराउन सफल भएका छौँ । यो कुल प्रजननको ४७ प्रतिशत हो ।”

नगद पशुधनका रूपमा लिइने भैँसीको मुख्य प्रजनन मौसम साउनदेखि मङ्सिरसम्म हो । यो बेला हरियो घाँस र पोषणयुक्त खानेकुराका साथै वर्षातमा सजिलै पानीमा आहाल खेल्न पाउने भएकाले भैँसीको प्रजनन मौसम मानिन्छ ।

यसरी प्रजनन भएका भैँसी १० महिनामा ब्याउँछन् । फागुनदेखि वैशाखसम्मको सुक्खा समय भने भैँसी प्रजननका लागि बेमौसम मानिन्छ ।

“फागुन, चैतजस्ता सुक्खायाममा भैँसीको तनावयुक्त रस ‘फर्टिटोल’ उत्पादन हुन्छ । यसले प्रजननमा समस्या हुने गरेको हो”, प्राडा देवकोटाले भने, “पोसिला दाना र खानपिनमा ध्यान दिई भैँसीको शरीरमा हर्मन विकास गराएर फर्टिटोल कमजोर बनाउँदै डिम्बाशय सक्रिय गराई प्रजनन गराइने गरिएको छ ।”

कृषि तथा वन विश्वविद्यालयले चितवनको रामपुर भैँसी फर्म, पोखराको पशु विकास फर्म, सुनसरीको सररा पशु विकास फर्ममा रहेका भैँसीमा अनुसन्धान गरेको थियो । अहिले यो कार्य किसानका भैँसीमा पनि सुरु भइसकेको बताइन्छ ।

विश्वविद्यालयका पशु विज्ञानमा विद्यावारिधि र स्नातकोत्तर तहमा अध्यययनरत विद्यार्थीलाई यो अनुसन्धानमा परिचालन गरिएको छ । “हामीले विगत १५ वर्षदेखि भैँसीको बेमौसमी प्रजननबारे अध्ययन सुरु गरेका थियौँ । पछिल्ला पाँच वर्षदेखि विस्तारै यसले उपलब्धि दिन थालेको छ”, देवकोटाले भने ।

विश्वमा सयभन्दा बढी जातका भैँसी छन् । तीमध्ये नेपालमा पाँच जातका भैँसी पालन गरिएको पाइन्छ । नेपालमा स्थानीय चार (लिमे, पारकोटे, गड्डी र तराई जात) र भारतबाट आयात भएको एक ९मुर्रा० गरी पाँच जातका भैँसी पालन गरिएको हो ।

लिमे, पारकोटे र गड्डी पहाडी क्षेत्रमा पालिने भैँसी हो भने तराई भैँसी र मुर्रा तराईमा पालिएका छन् । मुर्रा भैँसी भारतबाट नेपाल भित्र्याइएका हुन् । आजको गोरखापत्र दैनिकमा वसन्त पराजुलीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  ६ : ५६ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी