२९ असार २०८३, सोमबार | July 13, 2026

बागमतीका मुख्यमन्त्री शाक्यद्वारा राजीनामाको घोषणा



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजनीनामाको घोषणा गरेकी छिन् ।

बुधबार बसेको प्रदेशसभा बैठकमा विश्वासको मतमाथि उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शाक्यले आफुले पदबाट राजीनामा दिन लागेको जनाएकी हुन् । उनले भनिन, ‘मुख्यमन्त्रीको नाताले मैले मार्गप्रशस्त गरेकी छु ।’ उनले आफुलाई छोटो समयको बीचमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छिन् । शाक्यले आगामी दिनमा मिलेर अघि बढ्ने बाटो एमालेले यही देखेका कारण आफुले राजीनामा गरेको जिकिर गरिन ।
नेकपा एमालेकी उपाध्यक्ष रहेकी शाक्य गत भदौ २ गते मुख्यमन्त्री बनेकी थिइन ।

उनलाई त्यसअघिका मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएर मुख्यमन्त्रीमा प्रस्ताव गरेका थिए ।

एमालेमा माधवकुमार नेपाल पक्षधर रहँदै आएकी शाक्य नेपालले नयाँ पार्टी गठन गर्नुअघि पार्टीको संस्थापन पक्षमा विलय हुँदै मुख्यमन्त्री बन्ने बाटो लिएकी थिइन । तर संसदमा एकल बहुमत रहेको एमालेमा विभाजन आएलगत्तै शाक्यको पद सुरुदेखि नै धरापमा पर्दैआएको थियो ।

प्रकाशित मिति : १० कार्तिक २०७८, बुधबार  २ : ३२ बजे

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ

नेपालगन्जमा मनाइयो आदिकवि भानुभक्तको २१३ औं जन्म जयन्ती

नेपालगन्ज । बाँकेको नेपालगन्जमा आदिकवि भानुभक्त आचार्य को २१३ औं

कांग्रेस सभापति गगन थापाको निवासअगाडि पनि शंकास्पद गाडी पार्किङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवासअगाडि पनि

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की । मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा

३०.६० अंकको गिरावटसँगै बजार २५७० मा झर्‍यो, ८ महिनायताकै न्यून बिन्दुमा नेप्से

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३०.६० अंकले