२४ मंसिर २०८२, बुधबार | December 11, 2025

एसियन कप छनोट नेपाल ताजिकिस्तानसँग भिड्दै



काठमाडौं । एएफसी २३ वर्ष मुनिको एसियन कप छनोटको दोस्रो खेलमा नेपालले आज घरेलु टिम ताजिकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुने नेपाल र ताजिकिस्तानबीचको खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे सुरु हुनेछ ।

घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल पहिलो अंकको खोजीमा हुनेछ । छनोटको समूह बी मा रहेको नेपाल पहिलो खेलमा बलियो टिम इरानसँग ४-० गोल अन्तरले पराजित भएको थियो ।

ताजिकिस्तान भने लगातार दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा ताजिकिस्तानले लेबनानलाई हराएको थियो । यस समूहमा ३ अंक जोडेको इरान शीर्ष र ताजिकिस्तान ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अंक विहीन लेबनान तेस्रो र नेपाल पुछारमा रहेको छ ।

छनोट अन्तर्गत अन्तिम खेलमा नेपालले लेबनानसँग आगामी आइतबार खेल्नेछ । समूहको शीर्ष टोलीले एएफसी २३ मुनिको एसियन कप खेल्नेछन् ।

यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि २३ मुनिको एसियन कपमा छनोट हुनेछन् । ज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  ७ : ५१ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल