२३ बैशाख २०८१, आइतबार | May 5, 2024

बढारिँदै एमालेभित्र तेस्रो धारका नेताहरु, घनश्याम भुसालकै गृह जिल्लामा तेस्रो धारका नेताहरु जिल्लाराम



बुटवल । नेकपा एमालेको दशौं महाधिवेशनको तयारी सुरु भइरहँदा देशभरी स्थानीय अधिवेशनहरु चलिरहेको छ । १० बुँदे सहमति बनाएर पार्टी एकताबद्ध भएको घोषणा गरिएपनि एमालेका स्थानीय तहका अधिवेशनहरुमा अध्यक्ष केपी ओली पक्षको एकलौटी नेतृत्व चयन हुने क्रम जारी छ । १० बुँदेका आधारमा अध्यक्ष ओली पक्षमा समाहित भएका तेस्रो धारका नेताहरुलाई जगदेखिनै सफाया गर्ने अभियान स्वरुप कतै सर्वसम्मतका नाममा त कतै निर्वाचनकै माध्यमबाट तेस्रो धारका नेताहरुको जग भत्काउने अभियान सुरु भएको देखिएको छ ।

तेस्रो धारको नेतृत्व गरिरहेका पार्टी उपमहासचिव घनश्याम भुसालको गृह जिल्ला र निर्वाचन क्षेत्रबाटै भुसाल पक्षका स्थानीय नेताहरुलाई पाखा लगाईएको छ । रुपन्देहीको भुसालको निर्वाचन क्षेत्र तिलोत्तमा नगर अधिवेशनमा सर्वसम्मतको नाममा जवर्जस्ती भुसाल पक्षका उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता गर्न लगाईएको छ भने सिद्धार्थनगर नगर अधिवेशनबाट नेतृत्वमा जान चाहेका ३ जना भुसाल पक्षका नेताहरुलाई निर्वाचनबाटै हराएर पाखा लगाईएको छ । तिलोत्तमा नगरका अध्यक्षमा उम्मेदवारी दिएका भुसाल पक्षका नेता सुरेन्द्र श्रीले उम्मेदवारी फिर्ता गर्दै आफ्नो फेसबुक वालमा ‘केन्द्रीयता’ भनेर टिप्पणी गरेका छन् ।

तिलोत्तमामा भुसाल निकट साविक एमालेको क्षेत्रीय कमिटी सचिव र हाल नगरपालिकाको कार्यपालिका सदस्य एवं प्रवक्ता रहेका सुरेन्द्र श्रीलाई जिल्ला कमिटीमा मनोनयन गर्ने आश्वासन दिएर उम्मेदवारी फिर्ता गर्न लगाईएको छ । अधिवेशनमा केन्द्रमा ओलीका ‘गेम मेकर’ उपमहासचिव विष्णु पौडेल पक्षीय तामनाथ पाण्डे निर्वाचित भएका छन् ।

त्यसैगरि सिद्धार्थनगर नगर अधिवेशनमा नेतृत्वमा आउन चाहेका भुसाल पक्षका तीनै जना नेतालाई ओली पक्षका कार्यकर्ताहरुले पाखा लगाईदिएका छन् ।

नगर अधिवेशनबाट अध्यक्षमा ओली पक्षका उम्मेदवार चक्रबहादुर थापा विजयी भएका छन् । भुसाल निकट थानेश्वर पौडेललाई १०४ मत अन्तरले पराजित गर्दै थापा निर्वाचित भएका हुन् । २२३ मत खसेकोमा पौडेलले ५७ मत मात्र प्राप्त गरेका थिए । उपाध्यक्षमा पनि भुसाल पक्षकी लक्ष्मी केसीलाई चुनावको माध्यमबाट पाखा लगाइएको छ । केसीले ३४ मत मात्र प्राप्त गरेकी थिइन् ।

सचिवमा पनि माओवादी छाडेर एमालेमा आएका ओली पक्षका नारायणप्रसाद भण्डारीले भुसाल पक्षका मनोजकुमार रिजाललाई पराजित गरेका छन् ।

निर्वाचनमा भुसाल पक्ष सबल भएको स्थानमा सर्वसम्मत खोज्ने र कमजोर रहेको स्थानमा निर्वाचन गराउने रणनीति सहित ओली पक्षले अधिवेशनमा उत्रिएको भुसाल पक्षका एक नेताले बताए । आफ्नो जग बलियो बनाउन स्थानीय अधिवेशनमा विष्णु पौडेलले गृह जिल्लामा बास जमाएर बसेपनि भुसाल भने अधिवेशनको सन्दर्भमा जिल्ला फर्केनन् ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहिबार  १० : २७ बजे

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिदै

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत

जापानका परराष्ट्रमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं । जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा आज