२६ बैशाख २०८१, बुधबार | May 8, 2024

राष्ट्रपति भण्डारीबाट मुक्तिनाथमा पूजाअर्चना



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेकी छिन् । राष्ट्रपतिबाट त्यस अवसरमा मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गरिन।

मुक्तिनाथको दर्शन भ्रमणका लागि भण्डरी आज काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टरबाट मुक्तिनाथ पुगेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीलाई मुक्तिनाथ मन्दिरका पुजारी तथा पदाधिकारी, सांसद प्रेमप्रसाद तुलाचन, नेकपा (एमाले) का नेत्री श्रीमाया थकाली, प्रदेशसभा सदस्य, मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, जनप्रतिनिधि तथा स्थानीयले स्वागत गरेका थिए ।

नेपालमा लामो समयदेखि कारोना भाइरसको महामारीबाट धार्मिक पर्यटनसम्बन्धी गतिविधी एवं तीर्थयात्रा हुन सकेको छैन । यस अवस्थामा नेपालको पर्यटन एवं तीर्थयात्रा सुरिक्षत छ भन्ने सन्देश दिन र नेपालका सुप्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्यको प्रचार होस् भन्ने हेतुले राष्ट्रपति भण्डारी आज मुस्ताङ जिल्लामा अवस्थित सुप्रसिद्ध मुक्तिनाथ मन्दिर पुगेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

मुक्तिनाथ हिन्दू र बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल हो । राष्ट्रपति भण्डारी आजै बागलुङ जिल्लामा अवस्थित ढोरपाटन शिकार आरक्षको अवलोकन भ्रमणमा पनि जाने भएको छ । -रासस

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  ११ : ५४ बजे

राजस्थानमाथि दिल्ली २० रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

आज मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन, श्रद्धापूर्वक मनाइँदै 

काठमाडौं । आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र

माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को