१० श्रावण २०८३, आइतबार | July 27, 2026

बेपत्ता आरोहीको खोजीमा संलग्न अन्तर्राष्ट्रिय माउण्टेन गाइडको उद्धार



सोलुखुम्बु । सोलुखुम्बुको मेरापिक क्षेत्रमा बेपत्ता आरोही छेतेन शेर्पाको खोजीमा खटिएका अन्तर्राष्ट्रिय माउण्टेन गाइड ३४ वर्षीय मन्दिप गुरुङलाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

लेक लागेर बिरामी भएपछि शुक्रबार मेरापिकको खारेमा आराम गरिरहेका सङ्खुवासभाका ३४ वर्षीय गुरुङको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अक्सिजन दिएर राखिएको थियो । शनिबार बिहान कैलाश एयरको हेलिकोप्टरमार्फत उद्धार गरी उनलाई लुक्ला ल्याएर निकोलनिकी अस्पतालमा उपचार गरिएको एडभेन्चर भिक्टोरीका सञ्चालक लक्ष्मण मिसन कार्कीले जानकारी दिए ।

उनका अनुसार सो अस्पतालमा स्वास्थ्य अवस्था सामान्य नबनेपछि उनलाई थप उपचारका लागि मनाङ एयरको हेलिकप्टरमार्फत उद्धार गरी आज नै काठमाडौँको ह्याम्स अस्पतालमा भर्ना गराएको छ । स्वास्थ्य अवस्था गम्भीर भएकाले भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको उनको भनाइ छ । सोलु दूधकुण्ड नगरपालिका– ३ का २९ वर्षीय छेतेन शेर्पाको खोजीका लागि अत्याधुनिक मेसिनसहित अन्तर्राष्ट्रिय टोली कात्तिक ९ गते मेरापिक क्षेत्रमा पुगेको थियो ।

उद्धार टोलीले खोजी कार्य जारी राखेको भए पनि बेपत्ता शेर्पाको अवस्था अझै अज्ञात रहेको छ । उक्त टोलीले आइतबार अन्तिम पटक खोजी कार्य गर्ने कम्पनीले जनाएको छ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मेरापिक आरोहण सकेर फर्कने क्रममा कात्तिक २ गते शेर्पासहित दुई विदेशी र अन्य गरि १० जना पर्यटक हिउँमा फसेका थिए ।

उनीहरुलाई दुई दिनपछि माउण्टेन शेर्पाको टोलीले उद्धार गरी खारेमा ल्याएर हेलिकप्टरमार्फत लुक्ला ल्याइएको थियो । -रासस

प्रकाशित मिति : १३ कार्तिक २०७८, शनिबार  १२ : २५ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले