३ पुस २०८२, बिहिबार | December 18, 2025

नेपाल प्रवेश गर्ने भारतीयले आजदेखि अनिवार्य परिचयपत्र देखाउनुपर्ने



काठमाडौं । भारतबाट नेपाल प्रवेश गर्ने भारतीय नागरिकमाथि सीमामा कडाइ सुरु भएको छ ।

नेपाल सरकारको अनुरोधबमोजिम भारतबाट नेपाल प्रवेश गर्ने भारतीयलाई सीमामा कडाइ गरिएको भारतीय समाचार संस्था आजतकले जनाएको छ ।

नेपाल र भारतबीचको खुला सिमानाको फाईदा उठाइ अफगानिस्तान, पाकिस्तान, बंगलादेशलगायत तेस्रो देशका नागरिक अबैध ढंगले नेपाल प्रवेश गर्न थालेपछि सीमामा कडाइ गरिएको हो । केही दिनअघि भारतको बाटो हुँदै ११ अफगानी नेपाल प्रवेश गरेका थिए ।

नयाँ व्यवस्थाअनुसार नेपाल आउने भारतीयले सीमा प्रवेश गर्नुअघि नागरिकता, भारतीय आधार कार्ड, चालक अनुमतिपत्र र शैक्षिक परिचयपत्रमध्ये एउटा अनिवार्य देखाउनु पर्छ । अतिवाद नियन्त्रण तथा गैरकानूनी ढंगले नेपाल भित्रिने नागरिकलाई रोक्न परिचय पत्र अनिवार्य गरिएको भारतको सीमा सुरक्षा बलले जनाएको छ ।

यसअघि शनिवार गृहमन्त्री बालकृष्ण खाँडले एक आदेशमा हस्ताक्षर गर्दै नेपाल प्रवेश गर्ने भारतीयमाथि कडाइ गर्न भारतसँग अनुरोध गरेका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आइतबार  ४ : ०३ बजे

बुटवलमा आजदेखि १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु हुने, अर्थमन्त्री खनालले उद्घाटन गर्ने

बुटवल । रुपन्देही उद्योग संघको आयोजनामा ‘समृद्ध नेपाल निर्माणको आधार,

यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने ३६ प्रतिनिधि

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ

एमाले ११ औँ महाधिवेशन : बिहान ८ बजेदेखि मतगणना सुरु, साढे १० बजेसम्म नतिजा सार्वजनिक गर्ने तयारी

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ

धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता

गलकोट । यहाँको बागलुङ नगरपालिका-१० भकुण्डेमा बस्दै आएका एक ८३

एमाले ११ औँ महाधिवेशन : सकियो मतदान, २२ सय २७ मत खस्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय