२५ असार २०८३, बिहिबार | July 10, 2026

को नक्कली, को सक्कली ?



काठमाडौं । करिब ४९ वर्ष एउटै पार्टीमा रहेका दुई नेता जीवनको उत्तरार्धमा एकले अर्कालाई नक्कली कम्युनिस्ट घोषणा गर्दै हिँडेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र भर्खरै पार्टी विभाजन गरी नेकपा एकीकृत समाजवादीको अध्यक्ष बनेका माधवकुमार नेपाल दुवैले एकले अर्कालाई नक्कली कम्युनिस्टको आक्षेप लगाइरहेका छन् ।

वामपन्थीको सरकार ढालेर कांग्रेस लगायतका पार्टीसँग मिली दक्षिणपन्थी सरकार बनाउन पहल गरेको र संसदीय इतिहासमा सबैभन्दा कलंकित भएकाले नेपाल नक्कली कम्युनिस्ट भएको ओलीको तर्क छ । गत असार २८ गते सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिका नाममा परमादेश जारी गरेपछि ओलीले नेपाललाई गद्दार र नक्कली कम्युनिस्टको आरोप लगाए, त्यसयता पनि दोहोर्‍याउँदै आएका छन् ।

ओलीले संविधान मिच्न खोजेको विश्लेषण गर्दै नेपालले देउवालाई प्रधानमन्त्री बनाउन मोर्चाबन्दी गरेर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । त्यही रिटमा सुनुवाइ गर्दै सर्वोच्चले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो । यसै कारण नेपालसँग ओली बढ्ता चिढिएका हुन् ।

अर्कोतिर नेपालले ओली र उनले नेतृत्व गरेको एमाले नै नक्कली कम्युनिस्ट भएको आरोप लगाएका छन् । नेपालले शनिबार एक कार्यक्रममा सक्कली र नक्कली गरी नेपालमा दुई प्रकारका कम्युनिस्ट पार्टी रहेको बताए ।

सँगसँगै उनले ओली नेतृत्वको एमाले नक्कली कम्युनिस्ट भएको आरोप लगाए । ‘समाजवादी पार्टी देशभक्त पार्टी हो,’ उनले भने, ‘एकीकृत समाजवादी ओली नेतृत्वको एमालेले जस्तो मध्यरातमा विदेशी कूटनीतिज्ञसँग छलफल गर्ने पार्टी होइन ।

एमाले नक्कली कम्युनिस्ट पार्टी भइसकेको छ। अहिले सूर्यमा ग्रहण लागिसकेकाले त्यसको भविष्य छैन । त्यसैले हामीमात्र सक्कली कम्युनिस्ट पार्टी हौं ।’ बलयगाडा चढेर अमेरिका नपुगिने र राजतन्त्र फाल्न नसकिने भनाइ राखेका ओलीको तानाशाही प्रवृत्तिका कारण एमाले सिद्धिएको दाबी पनि नेपालले गरेका थिए । अध्यक्ष नेपालले आगामी निर्वाचनमा नक्कली कम्युनिस्टलाई जनताले भोट नदिने र केही दिनमा ओली र उनको पार्टीलाई टर्च बालेरखोज्नुपर्ने, बताएका थिए । आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १५ कार्तिक २०७८, सोमबार  ७ : ३४ बजे

गण्डकी प्रदेशमा गाँजा खेती गर्ने बाटो खुल्ला, प्रदेशसभाबाट गाँजाखेतीसम्बन्धी विधेयक पारित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका

मुख्यसचिव सुमनराज अर्यालको बिदाइ, गोविन्दबहादुर कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौं । सेवानिवृत्त हुन लागेका मुख्यसचिव सुमनराज अर्यालको बिदाइ तथा

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट