११ श्रावण २०८३, सोमबार | July 27, 2026

भरतपुर सबस्टेसनको मर्मत जारी, भरतपुरबासी भोलिसम्म अँध्यारोमै बस्नुपर्ने



चितवन । चितवनको भरतपुर सबस्टेसनमा रहेका पावर ट्रान्सफर्मरको मर्मत धमाधम भइरहेको छ ।

सबस्टेसनमा रहेका दुई ट्रान्सफर्मरमा समस्या आएपछि भरतपुर महानगरपालिका १ देखि १३ तथा २९ र तनहुँको देवघाट क्षेत्रमा मंगलबार दिउसोदेखि विद्युत आपूर्ति बन्द छ । बिग्रिएको ट्रान्सफर्मरलाई हटार २२.५ एमभीएको अर्को पावर ट्रान्सफर्मर जडानको कार्य भइरहेको छ । यो काम सक्न कम्तिमा पनि आठ घण्टा लाग्ने अनुमान गरिएको छ ।

अर्को ट्रान्सफर्मर पोखराबाट ल्याउने काम भइरहेको छ । अहिले जडान भइरहेको ट्रान्सफर्मरको काम सकिएपछि सर्बसाधारणलाई वत्ति आपूर्ति गरिने छ ।

तिहारको समयमै भरतपुर क्षेत्रमा विद्युत आपूर्ति बन्द भएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठसहितको टोलीले मर्मत कार्यको स्थलगत निरीक्षण गरी काम छिट्टो सक्न निर्देशन दिएको छ ।

कार्यकारी निर्देशक घिसिङले मर्मत कार्यको अनुमगन गरी जनशक्ति थपेर जतिसक्दो छिट्टो विद्युत आपूर्तिको व्यवस्था गर्न निर्देशन दिनुभयो ।

‘तिहारको बेला उपभोक्तालाई अँध्यारोमा राख्न हुँदैन, मर्मतका लागि श्रमिकहरु थपेर भए पनि तत्काल काम सक्नु पर्छ, तत्कालका लागि उद्योगहरुलाई दिइएको आपूर्ति कटौती गरी ग्राहस्र्थवगलाई तिहारमा वत्ति बाल्न पाउने व्यवस्था मिलाउनु पर्छ,’ उनले निर्देशन दिए ।

सबस्टेसनमा रहेका दुई वटा ट्रान्सफर्मरमध्ये एउटामा शनिबार बिहानबाट समस्या देखिएको थियो । सबस्टेसनमा रहेको अर्कोमा मंगलबार दिउसोबाट समस्या देखिएपछि भरतपुर क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको थियो ।

अहिले वैकिल्पक व्यवस्था गरी हस्पिटलहरु, खानेपानी, जिल्ला प्रशासन तथा प्रहरी, विमानस्थललगायतका क्षेत्रमा विद्युत आपूर्ति सुचारु गरिएको छ । सबस्टेसनबाट विद्युत आपूर्ति गर्ने १० वटा फिडरहरुमध्ये एउटा मात्र सञ्चालनमा ल्याउन सकिएको छ ।

अहिले सबस्टेसनमा समस्या आउँदा यस क्षेत्रका करिब ५५ हजार ग्राहक विद्युत सेवाबाट वञ्चित भएको प्राधिकरण भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्रका प्रमुख राजीव कुमार सिंहले बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०७८, बुधबार  ३ : ४४ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले