२७ बैशाख २०८१, बिहिबार | May 9, 2024

तिहारमा पोखराले तीन करोडको फूल किन्ने



पोखरा । कास्कीमा यो वर्ष बाहिरी मुलुकबाट फूल ल्याउनुपर्ने बाध्यता करिब हटेको छ । स्थानीय उत्पादनले नै माग धान्ने भएपछि आयातित फूललाई निरूत्साहित गरिएको हो ।

कास्की फूल खेतीमा करिब आत्मनिर्भर भइसकेको छ । अघिल्ला वर्षहरूमा करिब सबैजसो तिहारको माला भारत र अन्य जिल्लाबाट आउने गरेकोमा यो वर्ष १० प्रतिशत मात्र आयात हुने व्यवसायीहरूले बताएका छन् ।

अहिले कास्कीसहित स्याङजा, बागलुङ, धादिङ, गोरखालगायत आसपासका जिल्लाबाट आएको फूलले माग धान्ने फ्लोरिकल्चर एसोसियसन कास्कीका अध्यक्ष डिलबहादुर गुरुङले जानकारी दिए । ‘५० प्रतिशतभन्दा बढी माग पोखराकै उत्पादनले चल्छ । अरु फूल पनि नजिकका जिल्लाबाट आउँछन्,’ उनले भने, ‘बाहिर देशबाट फूल ल्याउनुपर्ने बाध्यता छैन । हामी नै पुर्‍याउछौं ।’

कास्कीमा मात्र ४० हाराहारीमा व्यवसायिक किसान छन् । सबैले कम्तीमा एक रोपनी जग्गामा सयपत्री फूल लगाएका छन् । तिहारमा अरु किसानले पनि खेती गर्छन् । घर, झ्याल, ढोकामा पनि राख्न अझै हाम्रो उत्पादनले धान्दैन । ति फूल बाहिरैबाट ल्याउनुपर्छ,’ उनले अघि थपे, ‘गलामा लगाउने फूल भने पुग्छ ।’ केही वर्ष कोरोना र लकडाउनका कारण उत्पादिन फूलसमेत बिक्री भएन । अहिले तिहारको सुरुदेखि नै उत्साहजनक रुपमा विक्रि भइरहेको व्यवसायीले बताए ।

यसवर्ष कास्कीमा प्रतिथुँगा पाँच रुपैयाँ र माला १३० देखि १५० सम्म बिक्री मूल्य तोकिएको छ । नेपालमा बिउ नपाइने भएकोले खेती गर्न समस्या परेको किसानहरूको भनाइ छ । बिउहरू थाइल्यान्ड, होल्यान्ड, अमेरिकालगायत देशहरूबाट ल्याएका छन् । यो वर्षको तिहारमा मात्र तीन करोडभन्दा बढीको माला बिक्री हुने अनुमान छ । ‘साढे २ देखि ३ करोडको फूल तिहारमा मात्रै विक्रि हुन्छ । तिहार पोखरामा मनाउने संस्कार बढेको छ,’ गुरुङले अघि थपे, ‘त्यसैले छिमेकी जिल्लाले पनि यहाँ फूल ल्याउँछन् । मुल्य पनि राम्रो छ, पोखरामा ।’

पोखरामा तिहारबाहेकका समयमा पनि फूलको माग अत्यधिक बढेको छ । एउटै नर्सरीले दैनिक ५० देखि एक लाखसम्म फूल विक्री गर्ने गरेको तथ्यांक छ । फूल विक्री राम्रो भएपछि किसानहरु यसतर्फ झनै आकर्षित छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  ११ : ४८ बजे

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको

पारस खड्काको चेतावनी- मेरो चरित्र हत्या गरियो, ढिलो चाँडो कानुनी दायरामा ल्याउछु

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले

लखनउमाथि सनराइजर्सको १० विकेटको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले लखनउ

आजको मौसम : कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया