२९ चैत्र २०८२, आइतबार | April 12, 2026

तिहारमा पोखराले तीन करोडको फूल किन्ने



पोखरा । कास्कीमा यो वर्ष बाहिरी मुलुकबाट फूल ल्याउनुपर्ने बाध्यता करिब हटेको छ । स्थानीय उत्पादनले नै माग धान्ने भएपछि आयातित फूललाई निरूत्साहित गरिएको हो ।

कास्की फूल खेतीमा करिब आत्मनिर्भर भइसकेको छ । अघिल्ला वर्षहरूमा करिब सबैजसो तिहारको माला भारत र अन्य जिल्लाबाट आउने गरेकोमा यो वर्ष १० प्रतिशत मात्र आयात हुने व्यवसायीहरूले बताएका छन् ।

अहिले कास्कीसहित स्याङजा, बागलुङ, धादिङ, गोरखालगायत आसपासका जिल्लाबाट आएको फूलले माग धान्ने फ्लोरिकल्चर एसोसियसन कास्कीका अध्यक्ष डिलबहादुर गुरुङले जानकारी दिए । ‘५० प्रतिशतभन्दा बढी माग पोखराकै उत्पादनले चल्छ । अरु फूल पनि नजिकका जिल्लाबाट आउँछन्,’ उनले भने, ‘बाहिर देशबाट फूल ल्याउनुपर्ने बाध्यता छैन । हामी नै पुर्‍याउछौं ।’

कास्कीमा मात्र ४० हाराहारीमा व्यवसायिक किसान छन् । सबैले कम्तीमा एक रोपनी जग्गामा सयपत्री फूल लगाएका छन् । तिहारमा अरु किसानले पनि खेती गर्छन् । घर, झ्याल, ढोकामा पनि राख्न अझै हाम्रो उत्पादनले धान्दैन । ति फूल बाहिरैबाट ल्याउनुपर्छ,’ उनले अघि थपे, ‘गलामा लगाउने फूल भने पुग्छ ।’ केही वर्ष कोरोना र लकडाउनका कारण उत्पादिन फूलसमेत बिक्री भएन । अहिले तिहारको सुरुदेखि नै उत्साहजनक रुपमा विक्रि भइरहेको व्यवसायीले बताए ।

यसवर्ष कास्कीमा प्रतिथुँगा पाँच रुपैयाँ र माला १३० देखि १५० सम्म बिक्री मूल्य तोकिएको छ । नेपालमा बिउ नपाइने भएकोले खेती गर्न समस्या परेको किसानहरूको भनाइ छ । बिउहरू थाइल्यान्ड, होल्यान्ड, अमेरिकालगायत देशहरूबाट ल्याएका छन् । यो वर्षको तिहारमा मात्र तीन करोडभन्दा बढीको माला बिक्री हुने अनुमान छ । ‘साढे २ देखि ३ करोडको फूल तिहारमा मात्रै विक्रि हुन्छ । तिहार पोखरामा मनाउने संस्कार बढेको छ,’ गुरुङले अघि थपे, ‘त्यसैले छिमेकी जिल्लाले पनि यहाँ फूल ल्याउँछन् । मुल्य पनि राम्रो छ, पोखरामा ।’

पोखरामा तिहारबाहेकका समयमा पनि फूलको माग अत्यधिक बढेको छ । एउटै नर्सरीले दैनिक ५० देखि एक लाखसम्म फूल विक्री गर्ने गरेको तथ्यांक छ । फूल विक्री राम्रो भएपछि किसानहरु यसतर्फ झनै आकर्षित छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०७८, बिहिबार  ११ : ४८ बजे

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा । यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः

राप्रपाभित्र विवाद चर्कियो, लिङ्देन नेतृत्व भंग गर्न असन्तुष्ट पक्षको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र आन्तरिक विवाद चर्किएको

कांग्रेस संसदीय दलको नेता वैशाख ४ मा चयन हुने

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा संसदीय दलको नेता आगामी वैशाख

जैविक विविधता र वनस्पति संरक्षणमा वातावरणमन्त्रीको जोड

काठमाडौं । वन तथा वातावरणमन्त्री गीता चौधरीले वन पैदावारको उपयोग