२९ माघ २०८२, बिहिबार | February 12, 2026

दीपावलीपछि नयाँ दिल्लीमा प्रदूषण उच्च, घाँटी चिलाउने तथा आँखा दुख्ने समस्या बढ्यो



काठमाडौं । शुक्रबार बिहान भारतको राजधानी नयाँ दिल्लीको वायु गुणस्तरको सूचकांक ‘खतरनाक’ श्रेणीमा सूचीकृत भयो । बिहीबार दीपावलीमा मानिसहरुले प्रतिबन्ध उल्लंघन गर्दै पट्का पड्काए, जसको कारण नयाँ दिल्ली शुक्रबार बिहान धुवाँको कम्बलमुनि उठ्यो ।

तापक्रम घटेसँगै हावाको गति न्यून भएपछि प्रदूषक जम्मा भएकाले बिहीबार अपराह्न ४ बजे ३ सय ८२ रहेको उक्त सहरको वायु गुणस्तर सूचक सोही दिन बेलुका गम्भीर जोनमा प्रवेश गरेको थियो ।

शुक्रबार बिहान दिल्लीस्थित जवाहरलाल नेहरु स्टेडियममा पार्टिकुलेट म्याटर (पिएम) को सांद्रता ९९९ प्रति घनमिटर रहेको थियो, जुन विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तोकेको पिएम २५ को सुरक्षित सीमाभन्दा बढी थियो । हावामा उत्पन्न भएको पिएम २.५ ले फोक्सोका क्यान्सरजस्ता हृदय र श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउन सक्छ ।

‘पट्का पड्काएपछि दिल्लीमा प्रदूषण बढ्नुका साथै बायो–मास प्रदूषकहरुको उपस्थितिपछि समग्र वायुको गुणस्तर शुक्रबार गम्भीर तहमा पुग्यो । वायुको गति बढेपछि हावाको गुणस्तर र कुहिरोको अवस्था सुधार हुन्छ । हवा र उच्च आद्र्रताले कुहिरो सिर्जना गरिरहेको छैन,’ भारत मौसम विभाग (आइएमडी), दिल्लीका आरके जेनामानीले भने ।

विश्वका विभिन्न मुलुकका राजधानीहरुमध्ये नयाँ दिल्लीको वायु गुणस्तर खराब छ । त्यसमा पनि शुक्रबार बिहान वायुको गुणस्तर सबैभन्दा जोखिमयुक्त रहेको थियो । भारतीय नागरिकले सबैभन्दा ठूलो चाड दीपावलीलाई धुँवादार तरिकाले मनाउन खोज्दा यसको मूल्य चुकाउनुपरेको थियो । बिहीबार राति ९ बजेपछि पनि पट्का पड्काउँदा परिदावाद, गाजियावाद, गुडगाउँ, नोएडाजस्ता दिल्लीका छिमेकी सहरहरुमा उच्च वायु प्रदूषण मापन गरिएको थियो । दिल्ली सरकारले सबै खालका पट्कामा पूर्ण प्रतिबन्ध लगाए पनि अधिकांश मानिसले पट्का पड्काएको देखियो, जसले वायुको गुणस्तरमा ह्रास ल्याउन योगदान पु¥यायो ।

‘दिल्लीमा पटाका प्रतिबन्ध सफल भएको देखिएन, जसले गर्दा वायुमा खतरनाक प्रदूषण स्तर थपियो,’ सेन्टर फर रिसर्च अन एनर्जी एन्ड क्लिन एयर (सिआरइए)का विश्लेषक सुनिल दहियाले भने ।

दक्षिण दिल्लीको लाजपत नगर, उत्तरी दिल्लीको बुरारी, पश्चिम दिल्लीको पश्चिम विहार र पूर्वी दिल्लीको शाहदराका बासिन्दाले बेलुका ७ बजे नै पट्का पड्काउन सुरु गरे । सम्साँझै पट्का पड्काउने क्रियाकलाप परम्पराभन्दा अलि पृथकजस्तो पनि लाग्थ्यो ।

यो सिजनको पहिलो इपिसोडका रुपमा फैलिएको धुँवाको तहले विभिन्न सहरका मानिसले घाँटी चिलाउने र आँखा पोल्नेजस्ता समस्या देखिएको गुनासो गरे ।

हरियाणा सरकारले केन्द्रीय राजधानीसँग जोडिएका १४ जिल्लामा पट्का पड्काउन प्रतिबन्ध लगाएको छ भने मुलुकका अन्य भागमा पनि यसलाई प्रतिबन्ध लगाइएको छ । तर, ती स्थानमा बसेका मानिसहरुले यो प्रतिबन्ध पालना गरेको पाइएन ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ७ : १९ बजे

टी-२० विश्वकपमा नेपालको निराशाजनक प्रदर्शन, इटालीसँग १० विकेटले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत बिहीबार सम्पन्न खेलमा नेपाल

रुकुमपूर्व पुगे प्रचण्ड, लुकुमका स्थानीयले गरे खाम मगर संस्कृतिअनुसार स्वागत

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा रुकुम पूर्वका उम्मेदवार

इटालीविरुद्ध नेपालको कमजोर ब्याटिङ, जम्मा १२३ रनको योगफल

काठमाडौं । आइसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत इटालीविरुद्धको खेलमा

यी संस्था र व्यक्तिसँग दल वा उम्मेदवारले चन्दा माग्न नपाउने

काठमाडौं । राजनीतिक दलहरुले निर्वाचन खर्चका लागि भन्दै आर्थिक सहयोग

डडेल्धुरामा गढ जोगाउन प्रयास गर्दै कांग्रेस

डडेल्धुरा । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा डडेल्धुरामा गढ जोगाउन प्रयासमा