२४ बैशाख २०८१, सोमबार | May 6, 2024

आइसिसी टी-ट्‍वान्टी विश्वकप क्रिकेट : भारतको सेमिफाइनल यात्राको सम्भावना जिवितै



काठमाडौं । आइसिसी टी-ट्‍वान्टी विश्वकप क्रिकेट २०२१ मा भारतले दोस्रो जित हात पारेको छ । सुपर १२ को समूह २ मा रहेको भारतले स्कटल्यान्डलाई ८ विकेटले हराउँदै सेमिफाइनल सम्भावना जिवितै राखेको हो ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा जितका लागि ८६ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले ६.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो । भारतका लागि ओपनर लोकेश राहुलले अर्धशतक प्रहार गरे । उनी ५० रनमा क्याचआउट भए । त्यस्तै, रोहित शर्माले ३० रन जोडे ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड १७.४ ओभरमा ८५ रनमा अल आउट भएको थियो । स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्शेले २४ रन बनाए भने माइकल लिस्क २१ रन तथा कलुम म्याकलड १६ रन जोडे ।

भारतका लागि रविन्द्र जडेजा र मोहम्मद शामीले समान ३र३ विकेट लिए । त्यस्तै, जस्प्रित बुमराहले २ विकेट तथा रविचन्द्रन आश्विनको नाममा १ विकेट रह्यो ।

जितसँगै भारत ४ खेलमा ४ अंकका साथ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । सुरुको २ खेलमा लगातार लज्जास्पद हार व्यहोरेको भारतले अब सेमिफाइनलको यात्रा तय गर्न दोस्रो स्थानको न्युजिल्यान्ड चौथो स्थानको अफगानिस्तानसँग पराजित हुनुपर्नेछ ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ७ : ४२ बजे

चोरले एक तोला सुन निलेपछि!!!

पाँचथर । पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला

खडेरीले सुक्न थाल्यो मकै

झापा । झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका

धनगढीमा रुखबाट लडेर एक महिलाको मृत्यु

धनगढी । धनगढीमा रुखबाट लडेर एक  महिलाको मृत्यु भएको छ

युरोपमा वायु प्रदूषणको नयाँ कानुन, बिरामी परेमा क्षतिपूर्ति माग्न सकिने

काठमाडौँ । वायु प्रदूषण रोक्न अब युरोपमा राजनीतिक प्राथमिकता भएको

संरक्षण थालिएको ताल नै सुकेपछि…

ढोरपाटन । बागलुङको काठेखोला गाउँपालिका-४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म