२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

आइसिसी टी-ट्‍वान्टी विश्वकप क्रिकेट : भारतको सेमिफाइनल यात्राको सम्भावना जिवितै



काठमाडौं । आइसिसी टी-ट्‍वान्टी विश्वकप क्रिकेट २०२१ मा भारतले दोस्रो जित हात पारेको छ । सुपर १२ को समूह २ मा रहेको भारतले स्कटल्यान्डलाई ८ विकेटले हराउँदै सेमिफाइनल सम्भावना जिवितै राखेको हो ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा जितका लागि ८६ रनको सामान्य विजयी लक्ष्य पछ्याएको भारतले ६.३ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो । भारतका लागि ओपनर लोकेश राहुलले अर्धशतक प्रहार गरे । उनी ५० रनमा क्याचआउट भए । त्यस्तै, रोहित शर्माले ३० रन जोडे ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्ड १७.४ ओभरमा ८५ रनमा अल आउट भएको थियो । स्कटल्यान्डका लागि ओपनर जर्ज मुन्शेले २४ रन बनाए भने माइकल लिस्क २१ रन तथा कलुम म्याकलड १६ रन जोडे ।

भारतका लागि रविन्द्र जडेजा र मोहम्मद शामीले समान ३र३ विकेट लिए । त्यस्तै, जस्प्रित बुमराहले २ विकेट तथा रविचन्द्रन आश्विनको नाममा १ विकेट रह्यो ।

जितसँगै भारत ४ खेलमा ४ अंकका साथ तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । सुरुको २ खेलमा लगातार लज्जास्पद हार व्यहोरेको भारतले अब सेमिफाइनलको यात्रा तय गर्न दोस्रो स्थानको न्युजिल्यान्ड चौथो स्थानको अफगानिस्तानसँग पराजित हुनुपर्नेछ ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ७ : ४२ बजे

बुद्ध-परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी । इटहरी उपमहानगरपालिका-४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

१५ किलोमा लेदो खसेपछि नारायणगढ-मुग्लिन सडक एकतर्फी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

प्रधानमन्त्री शाहले राष्ट्रियसभामा दुई निकायको वार्षिक प्रतिवेदन पेस गर्ने

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न