११ श्रावण २०८३, सोमबार | July 27, 2026

मुढा बिक्री गरेर आम्दानी गर्दै कैदीबन्दी



तनहुँ । तनहुँ कारागारका कैदीबन्दी आम्दानी बढाउन लागिपरेका छन् । विभिन्न अपराधमा सजाय पाएर कारागारमा रहेका कैदीबन्दीले समयको सदुपयोगसँगै आम्दानी बढाउन लागेका हुन् ।

यत्तिकै जाने समय सदुपयोग गर्दै मुढा बुन्न व्यस्त रहने गरेका कैदीबन्दीले मुढा बिक्री गरेर आम्दानी भएको रकम घर पठाउने गरेका छन् । आफूहरूले सीपको सदुपयोग गर्दै मुढा बुन्ने काम गरिरहेको कैदीबन्दी सुनिल पराजुलीले जानकारी दिए । “विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि कैदीबन्दीले मुढा बिक्री गरेर दसैँ-तिहारमा घर खर्च पठाएका छन्”, उनले भने, “कैदीबन्दी यतिबेला मुढा बुन्ने, टायर राख्ने, बिट मार्नेलगायत काममा व्यस्त छन् ।”

मुढा बुन्ने कामले मन बहलाउनुका साथै आम्दानीको स्रोत पनि बनेको पराजुलीले बताए । उनले भने, “कारागारमा यत्तिकै बसिरह्यो भने पागलजस्तो भइन्छ । मुढा बुन्ने कामले चाहिँ दिन काट्ने वातावरण बनेको छ ।”

एउटा मुढा तयार गर्नका लागि दुई/तीन दिन लाग्छ । कारागारमा रहेका कैदीबन्दीले दसैँ-तिहारमा बढी मात्रामा मुढा बुन्ने गरेका छन् । दसैँ-तिहारमा मुढाको बढी माग हुने भएकाले यस बेला कैदीबन्दीलाई मुढा बुन्न भ्याइनभ्याई हुने गरेको छ । मुढा उठाउने, टायर राख्ने, बुन्ने, बिट मार्ने र बुट्टा भर्ने काम फरक-फरक व्यक्तिले गर्ने गरेका छन् । यसरी काम गर्दा एक जनाले मासिक रु पाँचदेखि छ हजारसम्म कमाई गर्ने गरेका छन् ।

चाडपर्व सुरु भएसँगै कैदीबन्दीलाई मुढा बनाउन भ्याइनभ्याई हुन्छ । उनीहरू बुनेका मुढा गुणस्तरीय र आकर्षक भएकाले बजारमा माग रहेको कारागारले जनाएको छ । एउटा मुढा रु २५० देखि रु ६०० सम्म बिक्री हुने गरेको कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

कैदीबन्दीलाई सीपको सदुपयोग गरी मुढा बुन्न प्रेरित गर्दै आयआर्जन गर्ने वातावरण सिर्जना गरिएको उनको भनाइ थियोे । उक्त कारागारमा हाल २८२ जना कैदीबन्दी रहेका छन् । त्यसमध्ये आधाभन्दा बढीले कारागारमा मुढा बुन्ने गरेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ७ : ५४ बजे

धनगढीमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी युवतीको उपचारका क्रममा मृत्यु

कैलाली । धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी एक

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको आज उद्घाटन गरिँदै

काठमाडौं । मुलुककै पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा रहेको नागढुङ्गा-सिस्नेखोला

झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख

झापा । पूर्वी नेपालको प्रमुख माछा उत्पादन क्षेत्र झापामा व्यावसायिक

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतका विभिन्न तीन समितिको बैठक आज बस्दैछ

विश्वकप लिग-२ : नेपाल आज नामिबियासँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक