२३ बैशाख २०८१, आइतबार | May 5, 2024

तिहारमा पनि मादलको माग कम, आर्थिक संकटमा वादी समुदाय



दाङ । जीतबहादुर वादी तिहार भित्रिसक्दा पनि फुर्सदिलो छन् । तुलसीपुर-४ का उनलाई यस वर्ष पनि देउसीभैलोका लागि मादलको माग आउन सकेको छैन् । मादलको माग कम आएपछि उनी फुर्सदिलो बनेका हुन् ।

कोरोना महामारीपछि जनजीवन सामान्य बन्दै गए पनि देउसीभैलीको लागि मादल बनाउने, मादल किन्नेहरूको संख्या बढ्न नसकेको उनको गुनासाे छ । ‘गतवर्ष कोरोनाले मादलको व्यापार भएन्, यसवर्ष पनि अहिलेसम्म मादलको व्यापार हुन सकेन्’, उनले भने, ‘मादलको माग कोरोनापछि ह्वात्तै घटेको छ ।’

मादलको माग घटेपछि दैनिकी कसरी चलाउने हो, चिन्ताले सताउन थालेको उनले बताए । ‘विषेशगरी धेरै आम्दानी हुने समय भनेको त तिहार नै हो, यो समयमा पनि मादलको माग कम भएको छ’, उनले भने, ‘मादलको व्यापार नहुँदा तिहार कसरी धकेल्ने हो भन्ने चिन्ताले सताएको छ ।’

दीपावली पर्वमा मादलबाट राम्रै आम्दानी हुने गरेपनि यसवर्ष त्यस्तो अवस्था नदेखिएको सोहि ठाउँकै दुर्गाबहादुर नेपालीले बताए । यसवर्षको तिहारमा अहिलेसम्म उनलाई मादलको माग आउन सकेको छैन । मादल नेपाली गीतसंगीतका लागिमात्र नभएर तिहारमा खेलिने देउसीभैलोको लागि महत्वपूर्ण मनिने बाजा हो । तर, पछिल्लो समयमा मादलको माग कम हुँदा बादी समुदायको पेसा नै संकटमा परेको छ ।

गतवर्षमा कोरोना महामारीले देउसी भैलो नै नहुने भएपछि मादलको माग घटेको थियो , पछिल्लो समयमा भने बजारमा भित्रिएको प्रविधिले पनि मादलको मागमा कमि आएको उनीहरूको गुनासो छ । तुलसीपुर उपमहानगरपालिका-४ बायखोलका गेहेन्द्र बादीलाई कुनै समय तिहारको समयमा मादल बनाउन भ्याइनभ्याइ हुने गरेको थियो । तिहारमा खेलिने देउसीभैलोका लागि मादलको माग अत्यधिक हुँदा उनले वर्ष दिनको आम्दानी तिहारमा मात्र गर्थे, तर करिब तीन वर्षदेखि उनले मादलबाट मनग्य आम्दानी गर्न सकेका छैनन् ।

‘मादलबाट आम्दानी पनि राम्रै भएको थियो’, उनले भने, ‘कोरोना महामारी सुरु भएयता मादलको व्यापार हुन सकेको छैन । यसवर्ष पनि गतवर्षकै प्रभावका कारण मादलको व्यापार घटेको छ ।’

तिहारको समयमा ४०/५० वटा मादलको व्यापार गर्ने गरेका उनले पछिल्लो समय तिहारको समयमा ५/७ वटामात्र पनि मुस्किलले बिक्रि गर्ने गरेका छन् । ‘मादलको खोजी पनि कम हुन थालेको छ । मादल नै कम बजाएपछि व्यापार धेरै कम हुन थालेको छ’, उनले भने, ‘अहिले कोरोना महामारीपछि त हामीहरू धेरै समस्यामा परेका छौँ ।’

मादल बनाएरै आफू र आफ्नो परिवारको दैनिकी चलाउन सहज बनेको अवस्थामा पछिल्लो समय मादलको माग कम हुँदा समस्या हुन थालेको उनले बताए । ‘मादलको व्यापार नै छैन, मादल बिक्री हुने समय भनेकै त तिहारको समय हो । तर पछिल्लो समय कोरोना महामारीका कारण मादलको माग पनि ह्वात्तै घटेको छ’, उनले भने, ‘ पछिल्ला वर्षहरुमा तिहारमा मादलको माग घट्न थालेको छ । अब त मादल बनाएर पनि दैनिकी चल्दैन ।’

तिहारको समयमा विगतका वर्षहरूमा दैनिक रूपमा चार हजारसम्म आम्दानी गर्ने गरे पनि यसवर्ष एक हजारको समेत व्यापार हुन नसकेको उनले बताए । ‘मादल प्रविधिको कारणले पनि पछिल्लो समय हराउँदै गएको छ । गतवर्षका दिनमा कोरोना महामारीले तिहारमा भैली नहुने भएपछि मादलको माग पनि आउन सकेको थिएन, यसवर्ष पनि त्यस्तै भएको छ’, उनले भने, ‘अब त आशा पनि मरिसक्यो, आम्दानी नै नभएपछि तिहार पनि नरमालाे हुने भयो ।’

मादलको बजार राम्रो नभएपछि बदी समुदायको बाबुबाजेले गर्दै आएको मादल बनाउने पेसा संकटमा पर्न थालेको छ । अब यस्तै अवस्था भएमा भावी पुस्तलाई मादल बनाउनेबारे ज्ञानको अभाव हुने निश्चित देखिएको ति बादी समुदायले कसरी बनाउने भन्ने पनि समस्या उब्जन थालेको छ । बजारमा भित्रिएको प्रविधि र कोरोनाको प्रभाव अझै भएकाले बादी समयुदायको मादल बनाउने पेसा नै संकटमा परेको हो ।

प्रकाशित मिति : २० कार्तिक २०७८, शनिबार  ८ : ३७ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa