११ श्रावण २०८३, सोमबार | July 27, 2026

मुस्ताङमा च्याङग्रा बेचेर ३५ करोड भित्रियो



मुस्ताङ । मुस्ताङबाट यसपालीको दसैँ तिहारमा रु ३५ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ । सरदर प्रतिगोटा ३५ हजारका दरले दश हजार च्याङग्रा बेचेका कृषकले ३५ करोड रुपैयाँ भित्र्याएका भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।

केन्द्रका प्रमुख दण्डपाणी सापकोटाले दसैँमा सात हजार र तिहारका लागि तीन हजारवटा च्याङग्रा निकासी भएको जानकारी दिए ।

“स्वास्थ्य परीक्षण गरेर निकासी गरेका आधारमा करिब दश हजार च्याङग्रा बाहिरिएका छन्”, उनले भने “कृषकले गोठबाटै प्रतिगोटा रु ३५ हजारका दरले च्याङग्रा बेचेका छन् ।” तिब्बतबाट भेडाच्याङ्ग्रा नआएपछि बिगतको तुलनामा झण्डै आधा सङ्ख्यामा भेडाच्याङग्रा निकासी भएको हो ।

अघिल्ला वर्षहरुमा २० देखि २५ हजारको सङ्ख्यामा भेडाच्याङग्रा निकासी हुँदै आएको थियो । निकासी भएका अधिकांश भेडाच्याङ्ग्रा मुस्ताङकै हुन् । व्यापारीहरुले घटाएर बिवरण दिने भएकाले अभिलेख राख्न समस्या भएको केन्द्रका प्रमुख शर्माले बताए ।

पशु चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गराउँदा प्रतिगोटा रु १५ शूल्क तिर्नुपर्ने हुन्छ । भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र मुस्ताङले थासाङ गाउँपालिका, बङ्गुर जोन र धौलागिरि प्राविधिक शिक्षालयका पशु चिकित्सकहरुसँग समन्वय गरेर भेडाच्याङ्ग्राको स्वास्थ्य परिक्षण गर्ने प्रवन्ध मिलाएको थियो ।

कार्यालयका अनुसार, यस वर्ष मुस्ताङबाट ठूलो सङ्ख्यामा च्याङग्रा र थोरै सङ्ख्यामा भेडा निकासी भएको छ । यो वर्ष तिब्बतबाट भेडाच्याङग्रा आयात नभएको र मुस्ताङका घुम्ती गोठ र खोरपालेहरुले उत्पादन गरेका भेडा च्याङग्राले माग नधान्ने भएपछि कृषक र बीचका व्यापारीहरुले मूल्य बढाएका छन् ।

गत वर्षको तुलनामा मुस्ताङमै प्रतिगोटा ५ देखि १० हजारसम्म मूल्य बढेको व्यापारीहरुले बताएका छन् । जोमसोम पुगेर २ सय च्याङ्ग्रा खरिद गरेका काठमाडौँका प्रदीप बस्नेतले अघिल्लो वर्षको तुलनामा प्रतिगोटा रु पाँचदेखि १० हजारसम्म बढी तिर्नुपरेको बताए ।

‘‘अघिल्लो वर्ष प्रतिगोटा २५ हजारसम्ममा खरिद गर्थ्यौ, यो वर्ष ३५ हजार सम्म परेको छ”, उनले भने, “खोरमै धेरै मूल्य तिर्नुपर्दा बजारमा च्याङग्रा बेच्न गाहे भयो ।” मुस्ताङको लोमान्थाङ, छोसेर, छोण्हुप, सुर्खाङ, कागबेनी, झोङ, घमी, चराङ लगायतका स्थानका किसानले पालेका च्याङग्रा निकासी भएको हो ।

म्याग्दी, पर्वत, बागलुङ, कास्की, बुटवल लगायतका क्षेत्रबाट मुस्ताङ पुगेका व्यापारीले भेडाच्याङ्ग्राहरु बजारमा ल्याएका थिए । उच्च हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले विषेश गरी लेकाली जडिबुटीहरु खाने भएकाले दसैँ तिहार जस्ता पर्वहरुमा पोसिलो मासुको रुपमा मुस्ताङका भेडाच्याङ्ग्राको माग बढी हुने गर्दछ ।

च्याङग्रालाई मासु खानका लागि योग्य बनाउन चारदेखि पाँच वर्षसम्म पाल्नुपर्छ । मुस्ताङमा च्याङग्रापालनको प्रर्वद्धन गर्न प्रदेश सरकारले स्रोत केन्द्र र फार्म स्थापनाका लागि अनुदानको व्यवस्था मिलाएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शर्माले बताए ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  ७ : १५ बजे

प्रधानन्यायाधीश शर्मा स्वदेश फिर्ता

काठमाडौं । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधानन्यायाधीश डा. मनोजकुमार

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको औपचारिक उद्घाटन

काठमाडौं । नेपालको पहिलो सडक सुरुङमार्ग नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आइतबार औपचारिक

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन

बुटवल । प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीको निधन

शान्ति, संयमता र सामाजिक सद्भाव कायम मन्त्री मेहताको आग्रह

काठमाडौँ । सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री

डिडिसीले काठमाडौंमा ३० नयाँ बिक्री केन्द्र खोल्ने, अनलाइन बिक्री सुरु गर्ने तयारी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना दुग्धजन्य उत्पादनको पहुँच