२९ माघ २०८२, बिहिबार | February 12, 2026

मिथिलामा छठको तयारी सुरु



जनकपुरधाम । मिथिलामा लोक आस्थाको महापर्व छठको तयारी सुरु भएको छ ।

जनकपुरधाम । मिथिलाको प्राचीन राजधानी रहेको जनकपुरधाममा छठ पर्वको तयारी सुरु भएको हो । जनकपुरको पोखरीहरुलाई अहिले सजाउने कार्यहरु धमाधम सुरु भएको छ ।

जनकपुरको रामायणकालीन पोखरीहरु धनुष सागर, गंगा सागर, अंगराज सरोवरलगायतका पोखरीहरुमा भव्य रुपमा छठ पर्व हुने गरेको छ । यसलाई अहिले विभिन्न पोखरीहरुमा रहेको छठ पूजा समिति तथा स्थानिय युवा क्लवहरुले सजाउन थालेका छन् ।

स्थानिय क्लवहरुले स्थानीय स्तरबाट सहयोग जुटाएर पोखरीहरुलाई सजाउने कार्यको अन्तिम तयारीमा लागेको पूजा व्यवस्थापक सुशील कर्णले बताए । उनले ग्रामीण क्षेत्रमा भएका पोखरी, नदी तथा सरोवरहरूको सरसफाई तथा सौन्दर्यकरणको काम शुरु भएको र गंगा सागर छठ पूजा समितिले गंगा सागरको छेउमा छठका लागि घाट निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाएको पनि जानकारी दिए । पोखरीको चारैतिरका डिलमा करिव चार हजारभन्दा बढी मानिस एकसाथ बसेर छठ पर्व मनाउने सक्ने बतउँदै उहाँले छठ पर्वमा रहेक जातजाति एकै ठाउँमा बसेर मनाउने भएकै कारण यसलाई लोक आस्थाको पर्व भनिएको बताए

निष्ठापूर्वक ४ दिनसम्म मनाइने छठ पर्व भोलि (सोमबार) ‘नहाय खाए’ विधिबाट शुरु गरिन्छ । छठ पर्व अत्यन्तै निष्ठापूर्वक मनाइने भएकोले यसलाई सबैभन्दा कठोर पर्वको रुपमा समेत लिने गरिएको छ ।

यस पर्वमा व्रतालुले पहिलो दिन ‘नहाय–खाए’ गर्छन् भने दोस्रो दिन खरना, तेस्रो दिन डुब्दै गरेको र चौंथो दिन उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिने प्रचलन छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  १ : ११ बजे

बदलिएर आएको काँग्रेस चुनावबाट पहिलो दल बन्छ : उपसभापति विश्वप्रकाश शर्मा

बुटवल । नेपाली काँग्रेसका उपसभापति विश्व प्रकाश शर्माले बदलिएर आएको

कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगर पहिलो, इटहरी सबैभन्दा पछाडी

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरका ११

बुटवलबासीसंग चीरपरिचित छु ,यहाँका समस्या समाधान गर्छु : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली काँग्रेस क्षेत्र नं. २ रुपन्देही अन्तर्गत बुटवल

रुपन्देहीमा शुक्रबारदेखि सातौँ खड्गप्रसाद गौचन स्मृति यु-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै

बुटवल । उमेर समूहका खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च उपलब्ध गराउने उद्देश्यसहित

टी-२० विश्वकपमा नेपालको निराशाजनक प्रदर्शन, इटालीसँग १० विकेटले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटअन्तर्गत बिहीबार सम्पन्न खेलमा नेपाल