६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

मिथिलामा छठको तयारी सुरु



जनकपुरधाम । मिथिलामा लोक आस्थाको महापर्व छठको तयारी सुरु भएको छ ।

जनकपुरधाम । मिथिलाको प्राचीन राजधानी रहेको जनकपुरधाममा छठ पर्वको तयारी सुरु भएको हो । जनकपुरको पोखरीहरुलाई अहिले सजाउने कार्यहरु धमाधम सुरु भएको छ ।

जनकपुरको रामायणकालीन पोखरीहरु धनुष सागर, गंगा सागर, अंगराज सरोवरलगायतका पोखरीहरुमा भव्य रुपमा छठ पर्व हुने गरेको छ । यसलाई अहिले विभिन्न पोखरीहरुमा रहेको छठ पूजा समिति तथा स्थानिय युवा क्लवहरुले सजाउन थालेका छन् ।

स्थानिय क्लवहरुले स्थानीय स्तरबाट सहयोग जुटाएर पोखरीहरुलाई सजाउने कार्यको अन्तिम तयारीमा लागेको पूजा व्यवस्थापक सुशील कर्णले बताए । उनले ग्रामीण क्षेत्रमा भएका पोखरी, नदी तथा सरोवरहरूको सरसफाई तथा सौन्दर्यकरणको काम शुरु भएको र गंगा सागर छठ पूजा समितिले गंगा सागरको छेउमा छठका लागि घाट निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाएको पनि जानकारी दिए । पोखरीको चारैतिरका डिलमा करिव चार हजारभन्दा बढी मानिस एकसाथ बसेर छठ पर्व मनाउने सक्ने बतउँदै उहाँले छठ पर्वमा रहेक जातजाति एकै ठाउँमा बसेर मनाउने भएकै कारण यसलाई लोक आस्थाको पर्व भनिएको बताए

निष्ठापूर्वक ४ दिनसम्म मनाइने छठ पर्व भोलि (सोमबार) ‘नहाय खाए’ विधिबाट शुरु गरिन्छ । छठ पर्व अत्यन्तै निष्ठापूर्वक मनाइने भएकोले यसलाई सबैभन्दा कठोर पर्वको रुपमा समेत लिने गरिएको छ ।

यस पर्वमा व्रतालुले पहिलो दिन ‘नहाय–खाए’ गर्छन् भने दोस्रो दिन खरना, तेस्रो दिन डुब्दै गरेको र चौंथो दिन उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिने प्रचलन छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७८, आइतबार  १ : ११ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र