११ चैत्र २०८२, बुधबार | March 25, 2026

आलमदेवी स्याङ्जामा पालिका स्तरीय भलिबल प्रतियोगिता हुदै



कारिकोट । स्याङ्जाको आलमदेवी देउरालीमा रहेको जनज्योति युवा क्लबले पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता-२०७८ को आयोजना गर्ने भएको छ ।

“स्वास्थ्य को लागि खेलकुद, राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ कालीगण्डकी गाउपालिका-३ आलमदेवी देउराली स्याङ्जामा रहेको क्लबले प्रतियोगिता आयोजना गर्ने भएको हो ।

हरिबोधनी एकादशीको अवसर पारेर क्लबले विगत ३५ वर्ष देखि पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको क्लबका अध्यक्ष टोप बहादुर रानाले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुनका लागि समूह दर्ताको लागि पालिकाको लेटर हेडमा आधिकारिक छाप सहित वा क्लबको लेटरहेडमा आधिकारिक छाप सहित कार्तिक २६ गते मध्याह्न १२ बजे सम्म तोकिएको रानाले बताए । प्रतियोगितामा समूह दर्ताको लागि रु ५,००० तोकिएको उनले बताए ।

प्रतियोगिताको उपाधि विजेताले नगद रु १,००,०००, शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीयले पुरस्कार नगद रु ५०,०००, शिल्ड, मेडल र प्रमाणपत्र, तृतीयले पुरस्कार नगद रु २५,०००, शिल्ड, मेडल र प्रमाणपत्र र सान्त्वना पुरस्कार नगद रु १५,००० र प्रमाणपत्रबाट पुरस्कृत गरिने अध्यक्ष रानाले बताए । साथै प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद रु ५,००० बेस्ट प्लेयर, वेस्ट डिफेन्डर तथा वेस्ट स्पाइकरलाई २००० पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।

खेल अवधिमा स्थानीय कलाकारहरुद्वारा सांस्कृतिक कार्यक्रमहरुको आयोजना समेत रहने क्लबले जनाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ८ : ३६ बजे

बुटवलमा फोहोरबाट व्लक इँटा उत्पादन सुरु

बुटवल । देशभर फोहोर व्यवस्थापन चुनौतीका रूपमा देखिइरहेका बेला बुटवल

हिरासतमा रहेका र बेपत्ता राष्ट्रसङ्घका कर्मचारीप्रति ऐक्यबद्धता जनाउने दिवस मनाइँदै

काठमाडौं । आज हिरासतमा रहेका र बेपत्ता पारिएका संयुक्त राष्ट्रसङ्घका

साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र श्रीलंका भिडदै

काठमाडौं । साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपाल यू-२० फुटबल टोलीले

तीन हजारभन्दा बढीलाई विपद्-प्रतिकार्य तालिम

काभ्रे । काभ्रेको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर

बेनी-जोमसोम सडकको सिरुबारीमा पहिरो रोक्न ‘बेञ्चिङ’ विधि

म्याग्दी । भारत र चीन जोड्ने कालीगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत