२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

चेन्नईमा भीषण वर्षा, शहर जलमग्न भएपछि विद्यालय र कलेज बन्द



चेन्नई । भारतको चेन्नईमा केही दिनयता परेको भीषण वर्षाका कारण त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । वर्षाका कारण थिभल्लुर, कान्चिपुरम र चेंगालपट्टुम जिल्ला नराम्रोसँग प्रभावित भएका छन् । वर्षापछि ती जिल्लासहित राज्यका विभिन्न स्थानका विद्यालय तथा कलेज बन्द गरिएका छन् ।

शनिबार राती चेन्नईमा सन् २०१५ पछिकै धेरै वर्षा भएको थियो । अबिरल वर्षाका कारण केही शहर नै जलमग्न बनेका थिए । प्रभावित क्षेत्रमा नेसनल डिजिस्टर रेस्पोन्स फोर्स ९एनडीआरएफ० परिचालन गरिएको छ । फोर्सले प्रभावित क्षेत्रका बासिन्दालाई आपतकालिन सहयोग गरेको छ । सरकारी अधिकारीहलाई हाई अलर्टमा राखिएको छ ।

ठाउँ ठाउँमा अझै पनि बर्षा रोकिएको छैन् । चेन्नईमा अझै तीन दिन वर्षा हुने त्यहाँको जलवायु तथा मौसम विज्ञान विभागले जनाएको छ । वर्षा भइरहेकोले आफ्नो पूर्व निर्धारित भ्रमण रद्द गर्न चेन्नईका मुख्यमन्त्री एम के स्टालिनले सर्वसाधारणलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  १० : ५७ बजे

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार

सरकारले यातायात क्षेत्र नबुझ्दा समस्या भएको व्यवसायीको गुनासो

बुटवल । यातायात क्षेत्रसँग सम्बद्ध विभिन्न व्यक्तिहरुले सहजरुपमा यातायात व्यवसाय

भारतबाट नेपाल आएर जुवा (सट्टेबाजी) खेलाउने १३ जना प्रहरीबाट सार्वजनिक(नामसहित)

बुटवल । बुटवलबाट सट्टेबाजी गरेको अभियोगमा पक्राउ परेका १३ जना

बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक पुनः डिजाईनको लागि कार्यदल गठन

बुटवल । बुटवल बेलहीया ब्यापारीक मार्ग अन्तरगत बुटवलको चौराहादेखि चिडियाखोलासम्मको

‘थोर्गेली गुड’ बजारीकरणको प्रयास

गुल्मी । ‘गुल्मी थोर्गाको गुड’ बजारमा अहिलेको होइन, धेरै पहिलेदेखि