१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत



काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा उनले विश्वासको मत प्राप्त गरेका हुन् ।

एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले अल्पमतमा परेर राजीनामा दिएपछि गठबन्धनको समर्थनमा पाण्डे ११ कात्तिकमा मुख्यमन्त्री बनेका हुन् ।

एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उनले सोमबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका हुन् ।

मुख्यमन्त्री पाण्डेले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा बहुमत मत परेकोसभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।

बागमती प्रदेशसभामा हाल १०९ सदस्य रहेकोमा विश्वासको मतका लागि बहुमत ५५ जना सदस्यको समर्थन चाहिन्छ । सभामुख श्रेष्ठकाअनुसार बैठकमा उपस्थित १०४ मध्ये प्रस्तावको पक्षमा ५९, विपक्षमा ४३ र तटस्थ दुई मत परेको हो ।

प्रस्तावको पक्षमा परेको ५९ मत बहुमत रहेकाले मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको सभामुख श्रेष्ठले घोषणा गरेका हुन् ।

प्रदेशसभामा एमालेका ४३, माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३, विवेकशील साझा पार्टीका तीन, नेमकिपा र राप्रपाका दुई/दुई, जनता समाजवादी पार्टी नेपालका एक जना सांसद छन् ।

गठबन्धनमा माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी आवद्ध छन् । मुख्यमन्त्री पाण्डे एकीकृत समाजवादीका नेता हुन् ।

प्रकाशित मिति : २२ कार्तिक २०७८, सोमबार  ५ : ४६ बजे

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम