३ आश्विन २०८३, शनिबार | September 19, 2026

आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेट : नामिबियामाथि भारतको सानदार जित



काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको समूह चरणबाटै बाहिरिसकेको भारत र नामिबियाबीचको खेलमा भारतले सानदार जित निकालेको छ ।

सोमबार सुपर-१२ को समूह-२ मा रहेको भारतले नामिबियालाई ९ विकेटले हराउँदै तेस्रो स्थानमा रहँदै विश्वकप २०२१ को अन्त्य गरेको हो ।

जितका लागि १३३ रनको लक्ष्य पाएको भारतले १५ ओभर २ बलमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । ओपनर रोहित शर्माले सर्बाधिक ५६ रन बनाए । भारतका ओपनर लोकेश राहुल ५४ रनमा अविजित रहे ।

यसअघि दुबईमा टस हारेर ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३२ रन बनायो । नामिबियाका डेविड विसेले सर्वाधिक २६ रन बनाए ।

भारत ५ खेलमा ३ जित र २ हारसहित ६ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । नामिबिया ५ खेलमा १ जित र ४ हारसहित २ अंकका साथ पाँचौ स्थानमा रहेर विश्वकपको अन्त्य गरेको हो ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ७ : ३७ बजे

मोदीखोलाको बाढीले भत्काएको बिरेठाँटी सडक सञ्चालन, घान्द्रुक जाने बाटो खुल्यो

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा मोदी खोलाले भत्काएको सडक

कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया आजदेखि, वडा अधिवेशन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशन प्रक्रिया आजदेखि

संविधान संशोधनका नाममा मूल मर्ममाथि प्रहार स्वीकार्य छैन : आङ्देम्बे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज

संविधानको पूर्ण कार्यान्वयनबाटै विषम परिस्थितिको निकास खोज्नुपर्छ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकले सामना गरिरहेको

राष्ट्रिय एकता र हातेमालोबाट विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ : रेग्मी

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय