४ पुस २०८२, शुक्रबार | December 19, 2025

पीडित किसानलाई नगरपालिकाको राहत



भत्तलपुर । चाँगुनारायण नगरपालिकाले धानको बोटमा भुसमात्र लागेर धान नफलेपछि पीडित किसानलाई राहत दिने भएको छ ।

सोमबार राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल, जिल्ला कार्यसमितिको आयोजना र नगरपालिकाको सह-आयोजनामा भएको कार्यक्रममा नगरप्रमुख सोमप्रसाद मिश्रले पीडित किसानलाई राहत प्रदान गरिने बताए ।

नगरपालिकाका करिब ७० किसानले २०० रोपनी जमिनमा लगाएको धान उत्पादन नभएर किसान पीडामा परेकाले क्षति भएअनुसारको क्षतिपूर्ति नगरपालिकाले दिन नसके पनि केही राहत भने उपलब्ध गराउने उनले जानकारी दिए ।

नगरपालिकाको कृषि विज्ञले सिफारिस नगरेको र किसानलाई नलगाउन भनिएको धान नफलेर भुसमात्रै भएकाले धेरै फल्ने आशामा जथाभावी धान नरोप्न नगरप्रमुख मिश्रले किसानलाई सुझाव दिए ।

किसानले चिनियाँ धान डिवाइ २८, खुमल-८ लगायत धानको बीउ ल्याएर रोप्दा उत्पादन न्यून भएको बताएका छन् । हाइब्रिड धान लगाउँदा उत्पादन कम भएकाले अब सरकारले आफूहरूलाई राहत दिनुपर्ने किसानको माग थियो । रासस

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ८ : ३९ बजे

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले

एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज, आगामी कार्यदिशा तय हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता