२१ चैत्र २०८२, शनिबार | April 4, 2026

छठ पर्वका लागि सिंगारिए भैरहवाका पोखरी



बुटवल । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिइ मनाइने छठ पर्वका लागि भैरहवाका छठ पोखरीहरू सिंगारिएका छन् । छठ पूजाका लागि सिद्धार्थनगर नगरपालिका-५ स्थित श्री काली भक्ति गण (ई) (भैरहवा ब्यारेक, रुपन्देही) र सिद्धार्थनगर-४ स्थित श्री राम जानकी हनुमान मन्दिर परिसरमा रहेको पोखरी सिंगारेर पूजाका लागि तयारी अवस्थामा राखिएको हो ।

पोखरीमा सरसफाई तथा रंगरोगन गरी आकर्षक बनाइएको छ । राम जानकी हनुमान मन्दिर सेवा समितिका अध्यक्ष नरेन्द्रप्रसाद रौनियारले छठ पर्वको ठूलो महत्व रहेको भन्दै पूजाको सबै तयारी लगभग सकिएको बताए । परिवारमा सुख, शान्ति प्राप्त हुने विश्वासका साथ तराई क्षेत्रमा छठ पर्व विशेष रुपमा मनाउने गरिन्छ ।

अहिले यो पर्व क्रमशः महाडी क्षेत्रमा बसोबास गर्ने गैरमधेशी समुदायले पनि मनाउँन थालेका छन् । मन्दिर सेवा समितिले पूजाका लागि दुई वटा पोखरी सरसफाई र मञ्च व्यवस्थापन सम्पन्न गरिसकेको छ । बुधबार दिउँसो ४ बजेदेखि राति १२ बजेसम्म छठ पूजाको महत्व बुझाउँदै भजनकिर्तनको आयोजना गरिने रौनियारले बताए । पाँच वर्षदेखि यो पोखरीमा छठ पूजा हुँदै आएको छ ।

छठ पर्व मनाउन श्री कालीभक्ति गण (ई) भैरहवा ब्यारेकभित्र पनि तयारी अन्तिम अवस्थामा पुगेको छ । यहाँ ६० वर्षदेखि छठ पूजा हुँदै आएको छठ पूजा समारोह समिति सिद्धार्थनगर-५ का कार्यक्रम संयोजक आनन्दप्रसाद गुप्ताले बताए । छठ पूजाका लागि नेपाली सेनाको सहयोगमा पोखरी सरसफाइ, रंगरोगनलगायतका काम गरिएको छ । कार्यक्रम संयोजक गुप्ताले वर्षेनी छठ पूजास्थलमा भक्तजनहरूको संख्या बढ्दै गएको बताए । पूजाका लागि पोखरीको छेउमा दुई हजार एक सय वेदी बनाएको र ३५-४० हजार भक्तजन आउने अनुमान गरेकाे गुप्ताले जानकारी दिए ।

भक्तजनको संख्या वर्षेनी बढ्दै गएपछि अर्को वर्षदेखि छठ पोखरी थप्ने तयारी समेत भएकाे छ । मनकामना पूरा हुने धार्मिक विश्वासका साथ भक्तजनहरू छठ पूजामा सहभागी हुन आउने गुप्ताले बताए । सरकारले सार्वजनिक बिदा समेत दिएको हुँदा यस पर्वकाे महत्व व्यापक भएकाे मधेशी समुदायको भनाइ छ । कालीभक्ति गणमा हुने पूजा कार्यक्रममा गृहमन्त्री बालकृष्ण खांण समेत सहभागी हुने छठ पूजा समारोह व्यवस्थापन समिति सिद्धार्थनगर-५ ले जनाएको छ ।

त्यस्तैँ, ओमसतिया गाउँपालिका-४ स्थित बालापुरमा पनि छठपूजाका लागि तयारी गरिएको छ । हनुमान मन्दिर युवा क्लब ओमसतिया-४ बालापुरको व्यवस्थापनमा डण्डा नदीको छेउमा पूजा हुने भएको छ । चार वर्षदेखि डण्डा नदीको किनारमा छठ पूजा हुँदै आएको क्लबका अध्यक्ष उदयकुमार गर्गले बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  २ : ५८ बजे

ठुलो परिमाणको ब्राउन सुगरसहित ४ जना पक्राउ

नेपालगन्ज । नेपालगन्जबाट प्रहरीले ठुलो परिमाणको लागु औषध ब्राउन सुगरसहित

कांग्रेसको ७७ वटै जिल्लामा ‘जरा अभियान’, यी हुन ७७ जिल्लाका केन्द्रीय प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको प्रक्रिया अगाडी बढाएसँगै

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

लमजुङ । आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको

परिचयपत्र नभएका व्यक्तिहरूले कांग्रेसको १५औँ महाधिवेशनमा भाग लिन नपाउने

ललितपुर । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा

नयाँ शैक्षिकसत्र वैशाख २ गतेदेखि, पाठ्यपुस्तक विद्यालयमा पु-याइँदै

काठमाडौं । आगामी वैशाख २ गतेदेखि प्रारम्भ हुने नयाँ शैक्षिकसत्रका