१७ बैशाख २०८१, सोमबार | April 29, 2024

संस्कृतिसँग जोडिएको घुमाउने घर लोप हुँदै



लमजुङ । ढुंगाको छपनीले छाइएका, ढुंगामाटोको गारो, कलात्मक शैलीका काठका झ्यालढोका । चिम्ट्याइलो रातोमाटो र सेतो कमेरोले लपक्क पोतिएको आकर्षक घुमाउने घर । हेर्ने जोसुकैको मन लोभ्याउँछ, घुमाउने घरले । तर, पछिल्लो समय यस्ता मौलिक घरहरू लोपोन्मुख अवस्थामा छन् । विगतमा गुरुङ समुदायको बाक्लो बसोबास रहेको गाउँ÷ठाउँमा यस्ता घरहरू देख्न सकिन्थ्यो । मानिसहरू घुमाउने घरमै बस्थे अनि रमाउँथे, अहिले मौलिक पारामा बनाइएका यस्ता घुमाउने घरहरू नमूनाका रूपमा मात्र गाउँघरमा कहीँकतै मुस्किलले देख्न/भेट्न सकिन्छ ।

मान्छेहरूले समयको क्रमसँगै आधुनिक पारामा घर बनाउन थालेकाले मौलिक पाराका घरहरू ओझेलमा परेको बेसीसहर नगरपालिका-११ चितीमा बस्दै आएका ६७ वर्षीय भवदत्त कमलीले बताए । ‘म घुमाउने घरमा जन्मे हुर्केको मान्छे, ६७ वर्षसम्म घुमाउने घरमै बसेको अनुभव छ मसँग’, उनले भने, ‘अहिले पनि घुमाउने घरमा बस्छु, हाम्रा लागि बस्न त उही पुरानै शैलीका ढुंगामाटाकै घर जाति ।’

उनका अनुसार पहिले गाउँमा सातवटा घुमाउने घर थिए । तर, अहिले आफ्नो घरमात्र छ । विगतमा गुरुङ गाउँमा थुप्रै घुमाउने घरहरू रहेका उनले बताए । विस्तारै गाउँमै मान्छेले बंगाले (पुतली गारो) घर बनाउन थाले । घुमाउने घर बनाउन गाह्रो हुन्छ । त्यसैले पनि घुमाउने घरहरू हराउँदै गए । ‘अहिलेका मान्छे गाउँमा बस्नै छाडे, झनै घुमाउने घरको त के कुरा’, भवलत्त कमलीले भने, ‘अहिलेका मान्छेलाई नक्कले (आधुनिक) घर चाहिन्छ, यस्तै घर मन पराउँछन्, पुराना शैलीका घरहरू कहिँकतैमात्र देख्न सकिन्छ, घुमाउने घर बनाउने मान्छे पाउन पनि गाह्रो हुन्छ होला अहिले त ।’ जिल्लाका केही पर्यटकीय गाउँ घलेगाउँ, गिलुङ लगायतका गाउँठाउँमा मुस्किलले यस्ता घरहरू देख्न पाइन्छ । त्यहाँ पुग्नेहरूले यस्ता घरहरूलाई खुब चासोले हेर्छन् । मन पराउँछन् ।

‘नयाँ पुस्ताका मान्छेले विस्तारै आफ्ना मौलिक कला, पराम्परा संस्कृति भुल्दै गएका छन्, त्यसकारण घुमाउने घर पनि हराउँदै गएका छन्, अव ईतिहासमै सीमित हुने डर छ,’ क्होलासोंथर गाउँपालिका-६ कि रसमाया गुरुङले चिन्ता व्यक्त गरिन् ।

उनका अनुसार पुराना शैलीका घरहरू धमाधम हराउँदै गएका छन् । जनजाति समुदायको संस्कृतिसंग जोडिएको छ, घुमाउने घर । त्यसैले बाबुबाजेको सीप, पहिचानलाई जोगाइराख्न नयाँ पुस्ता जुट्नु आवश्यक रहेको सरोकारवालाहरू जोड दिन्छन् । घुमाउने घरमा बस्नुको छुट्टै मज्जा हुने अनुभव सुनाउँछन् बेसीसहर नगरपालिकाका वसन्त अधिकारी ।

‘मैले घलेगाउँमा २०५८ सालमा घुमाउने घरमा रात बिताएको छु’, विगत सम्झँदै अधिकारीले भने, ‘अहिले त घुमाउने घरमा बस्ने परको कुरा देख्नसमेत मुस्किल पर्छ ।’ मौलिक संस्कृति बोकेका यस्ता घरहरूको संरक्षणमा सबै जुट्नुपर्ने उनी बताउँछन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ४ : २२ बजे

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा

चीनमा भिषण आँधीबेहोरीमा परी ५ को मृत्यु, १४१ कलकारखानामा क्षति

ग्वाङ्झाउ । चीनको दक्षिणी सहर ग्वाङ्झाउमा सप्ताहन्तमा आएको आँधीका कारण