६ जेष्ठ २०८१, आइतबार | May 20, 2024

राष्ट्रपति भण्डारीद्वारा प्रदेश १ मा खापुङ, कर्णालीमा परियार र सुदूरपश्‍चिममा जोशी प्रदेश प्रमुख नियुक्त



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् ।

कात्तिक २२ गतेको मन्त्रिपरिषद्को सिफारिसको आधारमा राष्ट्रपति भण्डारीले संविधानको धारा १६३ को उपधारा २ बमोजिम प्रदेश नम्बर-१ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन् ।

प्रदेश प्रमुखमा सत्तारूढ दलहरूको भागबण्डा भएको छ। प्रदेश-१ मा जनता समाजवादी पार्टीका नेतासमेत रहेका खापुङ प्रदेश प्रमुख भएका हुन् भने कर्णालीको प्रदेश प्रमुखमा सिफारिस भएका नेकपा माओवादी केन्द्रनिकट परियार यसअघि नै प्रदेश २ का प्रदेश प्रमुख भइसकेका छन् । त्यस्तै, सुदूरपश्चिममा नेपाली कांग्रेस नेता जोशी प्रदेश प्रमुख भएका छन् ।

आजै राष्ट्रपति भण्डारीले यसअघि रहेका प्रदेश नम्बर-१ का सोमनाथ अधिकारी, कर्णालीका गोविन्दप्रसाद कलौनी र सुदूपश्चिम प्रदेशका गंगाप्रसाद यादवलाई प्रदेश प्रमुखबाट पदमुक्त गरेकी थिइन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ७ : १९ बजे

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

एमाले बाँके नवौं अधिवेशन : मतदान जारी

नेपालगन्ज । नेकपा एमाले बाँकेको नवौं जिल्ला अधिवेशन अन्तर्गत ३

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

संसदीय छानबिन समिति गठन नभएसम्म कांग्रेसले प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने

काठमाडौं । कांग्रेस महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले संसदीय छानबिन

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र