११ श्रावण २०८३, सोमबार | July 27, 2026

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश



काठमाडौं । संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ।

सरकारले सांसदलाई निजी स्वकीय सचिव राख्न दिने निर्णय गरेपछि त्यसको वैधानिकतामाथि प्रश्न उठाउँदै अधिवक्ता डा. प्रेमराज सिलवालले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

उक्त रिटमाथि सोमबार प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित विपक्षी निकायका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।

अदालतले विपक्षीलाई लिखित जवाफसहित उपस्थित हुन निर्देशन दिँदै अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा हुने छलफलका लागि समेत उपस्थित हुन आदेश दिएको छ।

मन्त्रिपरिषद्को २०८३ असार ३० गते बसेको बैठकले संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव राख्न दिने निर्णय गरेको थियो। उक्त निर्णय साउन ४ गते नेपाल राजपत्रमा प्रकाशित भएपछि त्यसलाई गैरकानुनी र संविधानविपरीत रहेको दाबी गर्दै राजपत्रमा प्रकाशित सूचना बदर गर्न माग गरी रिट दायर गरिएको हो।

अब सरकारको लिखित जवाफ प्राप्त भएपछि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा थप सुनुवाइ गर्नेछ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  ३ : १९ बजे

साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले ओरालो, ६ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्ने सुविधा दिने

काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं । काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा

उपभोक्ताले जगेडा ग्यास राख्दा बजारमा ग्यास अभाव देखियो : ग्यास उद्योगी

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले