४ पुस २०८२, शुक्रबार | December 20, 2025

सोरु गाउँपालिकामा प्रमुख प्रशासकीय नहुँदा भत्ता रोकियो



मुगु । सोरु गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा सेवा प्रभावित भएको छ । तत्कालीन प्रमुख प्रशासकीय अधिककृत लालबहादुर मल्लको दुई महिनामै सरुवा भएपछि नयाँ प्रशासकीय नआएको गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले बताए ।

उनका अनुसार त्यसअघिका प्रशासकीय अधिकृत वीरेन्द्र मल्लले काममा बेवास्ता, आर्थिक अपारदर्शीता गरेपछि जिम्मेवारीबाट हटाइएको थियो । त्यसपछि लालबहादुर आएका थिए । तर उनको पनि सरुवा भएपछि समस्या भएको हो ।

प्रशासकीय नहुँदा पहिलो चौमासिकमा वितरण हुनुपर्ने सामाजिक सुरक्षा भत्ता पनि वितरण हुन सकेको छैन । पारित योजना, भुक्तानी पनि प्रभावित भएको शाहीले बताए ।

गाउँ कार्यपालिकाले नायव सुब्बा तीर्थराज शाहीलाई प्रमुख प्रशासकीय अधिकृत तोक्न मन्त्रालयसँग माग गरे पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्णय गरेको छैन ।

प्रकाशित मिति : २४ कार्तिक २०७८, बुधबार  १० : ०५ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको