२२ बैशाख २०८१, शनिबार | May 4, 2024

इंग्ल्यान्डलाई हराउँदै न्युजिल्यान्ड विश्वकपको फाइनलमा



काठमाडौं । न्युजिल्यान्ड पहिलो पटक टी-ट्वान्टी विश्वकपको फाइनलमा पुगेको छ । बुधबार अबुधाबीमा भएको पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड फाइनलमा पुगेको हो ।

अबुधाबीमा पहिला ब्याटिङ गर्दै इंग्ल्यान्डले दिएको १६७ रनको लक्ष्य न्युजिल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । न्युजिल्यान्डलाई पहिलो पटक फाइनल पुर्याउने क्रममा डार्यल मिचेलले उत्कृष्ट ब्याटिङ गरे ।

नटआउट ७२ रनको इनिङ खेलेका मिचेलले ४७ बलमा ४ चौका र ६ छक्का प्रहार गरे । यस्तै, डेभोन कन्वेले ३८ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ४६ रन बनाए भने विस्फोट इनिङ खेलेका जेम्स निसमले ११ बलमा २७ रन बनाए ।

इंग्ल्यान्डका क्रिस वक्सले ४ ओभरमा १ मेडन राख्दै ३६ रन खर्चेर २ विकेट लिए भने लियम लिभिङ्सटन ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए। यस्तै, अदिल रसिदले १ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले मोइन अलीको अर्धशतक मद्दतमा निर्धारित ओभरमा ४ विकेटको क्षतिमा १६६ रन बनायो । अलीले ३७ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरे ।

यस्तै, डेविड मलानले ३० बलमा ४१ रन बनाउँदा जोस बट्लरले २९ र लिविङ्सटनले १७ रनको योगदान दिए । न्युजिल्यान्डका टिम साउथी, एडम मिल्ने, जेम्स निसम र इश सोधीले समान १ विकेट लिए ।

पहिलो पटक फाइनल पुगेको न्युजिल्यान्डले बिहीबार हुने अष्ट्रेलिया र पाकिस्तानबीचको विजेतासँग उपाधिका लागि खेल्नेछ । फाइलन दुबईमा आइतबार हुनेछ ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ६ : ४८ बजे

भन्सारबाट उठेको सतप्रतिशत रकम राज्य कोषमा दाखिला हुनुपर्छ, कर्मचारीलाई कमिसन किन ? : सांसद साह

काठमाडौं । आम जनता पार्टी पार्टीले राजस्व छल्नेविरुद्ध नौ महिनादेखि

काठमाडौं महानगरले अग्नि प्रभावित गुल्मी र दाङका २ पालिकालाई १०-१० लाख अनुदान दिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको

‘सुर्ती सेवनबाट दैनिक ७३ जना मृत्युको सिकार’

भक्तपुर । स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण सञ्जाल नेपालका महासचिव

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने

अग्निपीडितलाई पनि अस्थायी आवासको व्यवस्था गरिँदै

काठमाडौं । सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि