११ श्रावण २०८३, सोमबार | July 27, 2026

राष्ट्रिय जनगणना देश विकासको महत्त्वपूर्ण आधारस्तम्भ : प्रधानमन्त्री देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्यि जनगणना देश विकासको महत्वपूर्ण आधारस्तम्भ भएको बताएका छन् ।

बिहीबारदेखि शुरु हुन लागेको १२ औं राष्ट्रिय जनगणनका अवसरमा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री देउवाले जनगणनामा सहयोग गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले भनेका छन्, ‘सहि विवरण उपलब्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना संकलन गर्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

आजदेखि शुरु हुने जगणना मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ। यस पटक सामुदायिक प्रश्नावली समेत समावेश गरिएको प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन् ।

जनगणनाबाट प्राप्त हुने तथ्यांकले देश विकासका लागि सहयोग गर्ने उनले बताएका छन् । प्रधानमन्त्री देउवाले भनेका छन्, ‘त्यसबाट प्राप्त हुने तथ्यांक केन्द्रदेखि स्थानीय तहसम्मको नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न उपयुक्त हुनेछन् ।’

यससँगै भविष्का लागि योजना बनाउन पनि सजिलो हुने प्रधानमन्त्रीले उल्लेख गरेका छन् । ‘विगतमा हामी कुन अवस्थामा थियौं, अहिले कुन अवस्थामा छौं र भोलिको उज्ज्वल भविष्य निर्माणका लागि के गर्नुपर्नेछ भन्ने कुरा थाहा पाउनका लागि पनि जनगणना अपरिहार्य हुन्छ,’ उनले भनेका छन् ।

जनगणनाका क्रममा उपलब्ध गराइने विवरण गोप्य राखिने प्रधानमन्त्रीले जनाएका छन् । प्रधानमन्त्री देउवाले भनेका छन्, ‘तपाईहरुले दिने विवरण गोप्य रहने भएकाले आआफ्नो घरमा आउने गणकलाई सही विवरण दिन हुन हार्दिक अनुरोध गर्दछु ।’

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ८ : २७ बजे

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको

साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले ओरालो, ६ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज

सांसदलाई स्वकीय सचिव दिने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । संघीय संसद्का सदस्यलाई स्वकीय सचिव राख्ने सुविधा दिने