५ पुस २०८२, शनिबार | December 20, 2025

बुटवलमा खुल्ला नियमित रक्तदानमा ७५ जनाले गरे रक्तदान



बुटवल । नेपाल नियमित रक्तदाता संघले बुटवलमा खुल्ला रक्तदान सम्पन्न गरेको छ । वि.स. २०६१ सालमा स्वर्गीय सरोज सिलवाल बन्दिले स्थापन गरेको सस्था निरन्तर रूपमा रगत व्यवस्थापन र रक्तदान गराउदै आएको नेपालको पहिलोे सस्था हो ।

सिलवाल रगत व्यवस्थापनमै लाग्दै गर्दा सडक दुर्घटनामा वि.स.२०६४ सालमा देहावसान भयो।नेपाल नियमित रक्तदाता संघले नियमित रूपमा प्रत्येक महिनाको तेस्रो हप्ता रक्तदान गर्ने गर्छ ।

वर्तमान समयमा बुटवलमा रगत अभाव भएको हुदा रगत अभावलाई समाधान गर्न कार्यक्रम गरिएको सस्थाका सचिव महेश खनालले बताए । नेपाल नियमित रक्तदाता संघका अध्यक्ष दया बहादुर सिलवालको अध्यक्षता,इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक ठग बहादुर केसीको प्रमुख आथित्यता, नेपाल नियमित रक्तदाता का प्रमुख सल्लाहकार विमल बहादुर शाक्यको विशिष्ट आतिथ्यता ,नेपाल नियमित रक्तदाता का सल्लाहकार सुरेन्द्र कुमार शाक्य ज्युको आतिथ्यता,सल्लाहकार राजकुमार श्रेष्ठ,भिमसेन श्रेष्ठ ,नेपाल नियमित रक्तदाता संघका उपाध्यक्ष लेखनाथ भण्डारि कोषाध्यक्ष दिपक अधिकारि,,राजेस गैरे,मन्जु गिरी,भाष्कर शाही,रोशन अर्याल ,बिष्णु भण्डारी कोआतिथ्यतामा कार्यक्रम सम्पन्न भएको सचिव महेश खनालले बताए ।

कार्यक्रममा ७५ पिन्ट रगत संकलन गरिएको कार्यक्रम संयोजक रोशन अर्यालले बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार  ४ : १३ बजे

रविको चेतावनी – ‘जेनजी विद्रोहलाई जिस्काउने वा चलाउने प्रयास नगर्नु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा