४ पुस २०८२, शुक्रबार | December 20, 2025

अदालत परिसरबाट दरबन्दीबाहेकका सुरक्षाकर्मी हटाउन बारको माग



काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा दरबन्दीबाहेकका सुरक्षाकर्मी हटाउन र सर्वोच्च अदालत र बारबीचको ढोका तत्काल खुल्ला गरी सहज आवागमन गर्ने वातावरण बनाउन सर्वोच्च प्रशासनसँग माग गरेको छ ।

बार महासचिव लिलामणि पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अदालतभित्र नियमित दरबन्दीका सुरक्षाकर्मीबाहेक अन्य सशस्त्र प्रहरी प्रवेश तत्काल रोकियोस्, अदालत र बारबीचको ढोका तत्काल खुला गरी सहज आवागमन गर्ने वातावरण बनाइयोस भनि सर्वोच्च अदालत प्रशासनसँग जोडदार माग गर्दछौँ।’

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग दोहोर्‍याउँदै बारले अन्यथा बारको धैर्य टुट्न गई उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं प्रधानन्यायाधीश र अदालत प्रशासन नै हुने चेतवानी दिएको छ ।

बारले आन्दोलन चर्काउँदै गएपछि अदालत परिषरमा सुरक्षा तैनाथी बढाइएको थियो । बारले प्रधानन्यायाधीशलाई सर्वोच्च छिर्न नदिने घोषणा गरेसँगै सर्वोच्चमा शुक्रबारबाट सशस्त्र प्रहरी समेत खटाइएको थियो ।

प्रेस विज्ञप्तिको पूर्णपाठ :

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार  ५ : ३१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको