१३ असार २०८३, शनिबार | June 27, 2026

डि मारियाको निर्णायक गोलमा अर्जेन्टिना विजयी



काठमाडौं । एन्जेल डि मारियाको निर्णायक गोलमा अर्जेन्टिनाले कतार विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा उरुग्वेलाई पराजित गरेको छ।

शनिबार बिहान उरुग्वेको घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० गोल अन्तरले पराजित गर्दै आठौं जित हासिल गरेको हो ।

अर्जेन्टिनाको जितमा कप्तान समेत रहेका एन्जेल डि मारियाले खेलको सातौं मिनेटमा निर्णायक गोल गरे । नियमित कप्तान लियोनल मेस्सी भने खेलको ७६ मिनेटमा मात्रै मैदान प्रवेश गरेका थिए ।

जितसँगै अर्जेन्टिनाले १२ खेलबाट ८ जित र ४ बराबरसहित २८ अंक जोड्दै दोस्रो स्थानमा छ । अर्जेन्टिना जारी छनोटमा अपराजित रहँदै आएको छ ।

दक्षिण अमेरिकी छनोटबाट ६ खेल अघिनै ब्राजिल विश्वकपमा छनोट भएको छ । अर्जेन्टिनाले समेत तेस्रो स्थानको इक्वेडरभन्दा ८ अंकले अग्रता बनाएको छ ।

पराजित उरुग्वे भने १३ खेलबाट ४ जित, ४ बराबर र ५ हारका साथ १६ अंक बनाएर तालिकाको छैटौं स्थानमा छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  ७ : ३७ बजे

काठमाडौंमा बर्डफ्लु बढ्दै : एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर । काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौं । न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम विश्वकप फुटबलको नकआउट चरणमा

धार्मिक दिब्यधाममा कृषि विकास बैंकले गरिदियो खानेपानीको प्रबन्ध

खजुरा । कृषि विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत बाँकेको

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को